लक्ष्मी धिताल एमाओवादीमै फर्किए रे

१ साता अघिको वक्तव्य
१ साता अघिको वक्तव्य

कपन अनलाइन
भागवण्डा र पदको राजनीतिमा यता र उता चाहर्ने नेपाली राजनीतिको रोग अब केन्द्रदेखि सतहसम्म छताछुल्ल भएर पोखिन थालेको छ । एकसाता अघि प्रेस विज्ञप्ति प्रकाशित गरी वैद्य माओवादीमा प्रवेश गरेका लक्ष्मी धिताल आज एक प्रेश विज्ञप्ति प्रकाशित गरी एमाओवादीमै फर्किएको जनाएका छन् ।

 

 

आज प्रकाशित वक्तव्य
आज प्रकाशित वक्तव्य

एकसाता अघि एमाओवादी पार्टी घोर संसोधनवादी, भ्रष्टाचारी, राष्ट्रघाती, घुषखोरी भएको भन्दै एमाओवादीले देशलाई सिक्किमीकरणतिर धकेल्यो भन्ने स्पष्ट शब्दका साथ वैद्य माओवादी प्रवेश गरेका थिए लक्ष्मी धिताल । आज एकाएक एमाओवादीको राजनीतिक र वैचारिक रुपका बारेमा स्पष्ट भएर एमाओवादीमा फर्किएँ भन्ने विज्ञप्ति प्रकाशित गरेका छन् उनले ।

तपाइँको प्रतिक्रिया ।