कपनका २५ जना महिलाले १ वर्षे स्वरोजगार शिक्षा प्राप्त गर्दै

कपन अनलाइनकपनको सामाजिक क्षेत्रमा कृयाशील रहेको कपन दलित उत्थान समाजले बालविकास समाजसँग मिलेर कपनमा बसोबास गर्ने विपन्न तथा निरक्षर महिलाहरुलाई स्वरोजगार तालिमको व्यवस्था गरेको छ । २५ जना महिला सहभागि हुने यस स्वरोजगार शिक्षामा कपन गाविसकै दलित तथा अन्य सहभागि भएका छन् ।

यो तालिम सम्बन्धि जानकारी दिँदै कपन दलित उत्थान समाज र बालविकास समितिले कपनमा एक कार्यक्रमको आयोजना गर्यो । बालबालिकाको क्षेत्रमा कृयाशिल बालविकास समाजले २५ जना महिलालाई दैनिक दुई घण्टा निशुल्क शिक्षा तथा अन्य व्यवहारिक ज्ञान र शीप सम्बन्धि जानकारी दिने छ । महिलाहरु कसरी स्वावलम्वी तथा रोजगारउन्मुख बनाउने भन्ने विषयमा यो तालिम केन्द्रित हुने कुरा तालिम आयोजना गर्ने कपन दलित उत्थान समाज र बालविकास समितिका प्रतिनिधिले बताए । कपन १ स्थित उसु हलमा आयोजना गरिएको कार्यक्रममा कपनमा बसोबास गर्ने शिक्षासेवी तथा संचारकर्मीहरु अतिथि थिए भने करिब ५० महिलाहरुको  कार्यक्रममा सहभागि थिए ।

तपाइँको प्रतिक्रिया ।