प्रदेशको नीति निर्माण र उर्जा क्षेत्रको विकास मेरो प्राथमिकता हो : सानुकुमार श्रेष्ठ ( सदस्य ,प्रदेस नं ३)
कपन अनलाइन
काठमाडौ,माघ १० ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ प्रदेस क्षेत्र १ का नवनिर्वाचित प्रदेस सभा सदस्य सानुकुमार श्रेष्ठले बिधिको शासन र आन्दोलनका उपलब्धिलाइ रक्षा गर्दै क्षेत्रको विकास निर्माण, नियमित कामका साथै प्रदेस सभामा दरिलो ढंगले प्रस्तुत हुने र क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन ।
सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई प्रतिक्रिया दिदै उनले प्रदेशमा आफुलाई तोकिने जिम्मेवारी पुरा गर्ने तथा पहिलो पटक बनेको प्रदेस सभाका नीति, नियम र प्रणाली विकास गर्न सक्रिय बन्ने बताए। उनले अव नेपालमा सबै किसिमका राजनीतिक क्रान्तिहरु सम्पन्न भएकाले सबै मिलेर आर्थिक क्रान्तिको बाटोमा अगाडी बढ्नु पर्ने बताए ।
साथै सन्तुलित आर्थिक समृद्धि समग्र योजना सहित उर्जा ,पर्यटक ,खानेपानीको क्षेत्रमा काम गर्ने समेत बताए। उनले देशमा नै रोजगार सिर्जना गरेर नेपाललाई आत्मनिर्भर बनाउने तर्फ सबै जना मिलेर लाग्नुपर्ने समेत बताएका छन । उनले निर्वाचनमा सहयोग गर्ने जनता ,बाम गठबन्धनका सहयोद्दा र सबै समर्थक सुभ चिन्तक मतदाताहरुलाई धन्यवाद पनि दिएका छन ।