टुकुचा र खहरे खोलाले हुने डुवान र प्रदूषण कम गर्नु मेरो प्राथमिकतामा पर्नेछ :नारायण सिलवाल (सदस्य ,प्रदेस नं ३ )
कपन अनलाइन
काठमाडौ,माघ १० ।
काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र १ का प्रदेस सभा सदस्य नारायण सिलवालले सपथ ग्रहणमा लेखिएको कुरालाई पूर्ण रुपमा आत्मसात गर्दै प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए ।
सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई प्रतिक्रिया दिदै सिलवालले नेपालको इतिहासमा विशेष अवसरर चुनौती दुवै प्राप्त गरेको भन्दै सो चुनौती लाइ अवसरमा बदलेर पाएको जिम्मेवारी पुरा गर्न जनहित र चाहनालाई केन्द्रमा राखेर काम गर्ने बताए ।
साथै उनले आफ्नो क्षेत्रमा भएको टुकुचा खोला र खहरे खोलाले बर्षामा निम्त्याउने डुवान र हिउँदमा हुने प्रदूषण कम गर्न समेत लाग्ने बताए। साथै उनले क्षेत्रलाई प्रदूषण र ढलमुक्त बनाउने काममा लाग्नेपनि बताए।
आगामी दिनमा उनले प्रदेस सभामा गर्नुपर्ने काममा सक्रियता पुर्वक लाग्ने भन्दै क्षेत्रको भौतिक ,सांस्कृतिक र सामाजिक विकास बिशेष पहल गर्दै क्षेत्रको समस्याहरुलाई योजनामा पारेर बिकास निर्माण मा लाग्नु नै रहेको बताए ।
उनले निर्वाचनको दौरानमा आहोरात्र खट्ने सबै समर्थक सुभ चिन्तकहरुलाई मतदाताहरुलाई बिशेष धन्यवाद पनि दिएका छन ।