काठमाडौ महानगरपालिका वडा नं ६ का साहित्यकारहरुको निवासमा व्यक्तिगत विवरण राखियो

काठमाडौ महानगरपालिका वडा नं ६ का साहित्यकारहरुको निवासमा व्यक्तिगत विवरण राखियो

कपन अनलाइन 

काठमाडौ,माघ ५।

कपन बानेश्वर साहित्यिक साप्ताहिकले काठमाडौ महानगरपालिका वडा नं ६ मा बसोवास गर्ने साहित्यकारहरुको निवासमा व्यक्तिगत विवरण झल्कने “नेम प्लेट” राखेको छ ।

काठमाडौको उत्तरी भेगलाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने अभियान अन्तर्गत साहित्य साधनमा लागेका कम्तिमा एक पुस्तक प्रकाशन गरेका साहित्यकारहरुको निवासमा परिचय झल्कने विवरण राखिएको साप्ताहिकका प्रधान सम्पादक निवन्ध आचार्यले बताए।

यस अगाडी बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ मा यसै गरि व्यक्तिगत विवरण राखिएको थियो भने आगामी दिनमा नगरपालिकाका सबै वडामा वसोवास गर्ने साहित्यकार हरुको निवासमा यो विवरण राखिनेछ ।

तपाइँको प्रतिक्रिया ।