जनताको स्वास्थ्यलाई प्रत्यक्ष लाभ हुने काम गर्नेछौ :धनबहादुर थापा (संयोजक ,स्वास्थ्य शाखा किर्तिपुर नगरपालिका )

जनताको स्वास्थ्यलाई प्रत्यक्ष लाभ हुने काम गर्नेछौ :धनबहादुर थापा (संयोजक ,स्वास्थ्य शाखा किर्तिपुर नगरपालिका )

कपन अनलाइन

काठमाडौ,माघ ५  ।

किर्तिपुर नगरपालिकाको बिषयगत साखा अन्तर्गत कपन अनलाइनले किर्तिपुर नगरपालिकाको स्वास्थ्य संयोजक ,शाखा प्रमुख  धनबहादुर थापा संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन : तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

धन बहादुर थापा : मेरो जन्म २०३७ साल असोज ७ गते बाजुरा जिल्लाको रोगिन गाबिस वडा नं ६ मा बुवा चन्द्रवीर थापा र आमा कालिका थापाको कोख बाट जेठो सन्तानको रुपमा जन्मिएको हो ।

मैले  प्रारम्भिक शिक्षा प्राथमिक तह सम्म रोगिन गाबिसकै बागेश्वरी प्राबी बाट सुरु गरे ।हाल त्यो बिद्यालय माबी भैसक्यो।  त्यसपछि मैले मुगुमा ६ कक्षा देखि कक्षा ८ सम्म मस्ठेश्वरी निम्न माध्यामिक बिद्यालयमा पढे।

त्यसपछि फेरी बडिमालिका माविमा धिम बाट २०५४ सालमा एस एल सी  उत्तीर्ण भए।  त्यसपछि मैले सीएमए  मकवानपुर टेक्निकल इन्सिच्युट हेटौडा मा  २० ५४ /५५ मा पढे। त्यहा पढी सकेपछि मैले जागिरको लागि लोक सेवा आयोगको तयारी गरे ।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

धन बहादुर थापा : सी एम ए पढी सकेपछि मैले लोक सेवा आयोग बाट २०५६ सालमा अहेब पदमा नाम निकाले पछि बझांगमा मेरो नियुक्ति भयो ।

मेरो पहिलो पोस्टिंग   गढराय उप स्वास्थ्य चौकी थियो त्यसपछि २० ५८ सालमा सरुवा गरेर फेरी बाजुराको रोगिन गाविसमा नै आए ।

त्यो भन्दा पछाडी फेरी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ /५ वर्ष बिताए।  सी अहेब भएर त्यो भन्दा पछाडी फेरी कैलालीको बुनिया स्वास्थ्य चौकीमा गए ।

त्यहा ३ वर्ष जति बसे र त्यहा  बाट पनि सरुवा भयो त्यो दौरानमा फेरी बिचमा पढ्न पनि गए मैले बिचमा २०५७  /५८  सालमा  प्लस टु बाजुराको  जनप्रकाश उच्च माबीमा पढे ।

त्यस पछि २०६० देखि ६३ मा  महेन्द्र बहुमुखी क्याम्पसबाट शिक्षा संकायको स्वास्थ्य तथा शारीरिक शिक्षामा बिषयमा  स्नातक सकाए। त्यसपछि फेरी  सन् २००८ मा एम पी एच अध्ययनको लागि बंगलादेश गए।

त्यसपछि त्यहा बाट आएर फेरी एक दुइ वटा संस्थामा पनि काम गरे। त्यो बिचमा ग्लोबल फण्डमा अनुगमन तथा मूल्यांकन अधिकृत भएर डढेलधुरा स्वास्थ्य कार्यलयमा काम गरे ।

त्यति बेला सरकारी बेतलबी बिदा लिएर काम गरेको थिए। त्यसपछि आएर फेरी डढेल्धुरा पछि डोटीमा पुन सरकारी जागिरमा फर्किए ।डोटी जिल्लामा नै  करिब ५ / ६ महिना बसे ।

त्यस पछि फेरी म काठमाडौँ आए। काठमाडौको रामकोट स्वास्थ्य केन्द्रमा  करिब करिब १ वर्ष बसे। फेरी म बेतलबी बिदा लिएर कोइका भन्ने कोरियन संस्था मार्फत प्रोग्राम अफिसर भएर नेसनल हेल्थ इन्सुरेन्स सपोर्ट प्रोजेक्ट भनेको बिमा सम्बन्धि कार्यक्रममा गए ।

त्यो धनगढी कैलाली बेसिस थियो । त्यो कार्यक्रम त्यो नेपालको पहिलो बिमा कार्यक्रमको नमुना जिल्ला त्यहा कार्यक्रम गरियो। फेरी त्यहा बाट पनि सरकारी सेवामा फर्किए। त्यहा बाट दक्षिणकाली स्वास्थ्य चौकी हुँदै नया नैकाप स्वास्थ्य चौकीमा काम गरिसकेको छु ।

हाल किर्तिपुर नगरपालिकामा छु र त्यो बिचमा पनि म जिल्ला जनस्वास्थ्य कार्यलयमा  एउटा निजि स्वास्थ्य संस्थाको फाटमा बसेर काम गरेको अनुभब पनि संगालेको छु। यहा म २०७४ अषाढ बाट किर्तिपुर नगरपालिकाको बिषय गत शाखा अन्तर्गत स्वास्थ्यको संयोजक एबम  शाखा प्रमुख भएर आएको छु।

कपन अनलाइन  :   नगरपालिकाको  स्वास्थ्य संयोजक एबम शाखा प्रमुखको रुपमा किर्तिपुर नगरपालिकामा यहाले  के कस्तो  योजना बनाउनु भएको छ ?

धनबहादुर थापा : अबको यहाँ किर्तिपुर नगरपालिका अन्तर्गतको जति स्वास्थ्य संस्थाहरु छन्। त्यहा हामीले एकदम गुणस्तर स्वास्थ्य सेवा दिने कार्यक्रमहरु गर्नु पर्छ।

त्यसपछि आएर यहाँ नगरपालिका संग समन्वय गरेर नेपाल सरकार बाट ससर्त अनुदानका जुन कार्यक्रमहरु आएका छन् त्यी कार्यक्रमहरुलाई पी हामीले गाइड लाइन अनुसार कार्यक्रम गर्नुपर्ने हुन्छ।

बाँकी नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत,जनप्रतिनिधीहरु संग समन्वय गरेर स्वास्थ्य सम्बन्धि नया नया कार्यक्रमहरु गर्ने हाम्रो योजना रहेका छन् ।

अर्को यहाँ नगर अस्पताल प्रिभेन्टीभ टाइपको नगर अस्पताल संचालन गर्ने भन्ने योजना रहेको हुनाले त्यसको लागि पनि हामी लागि रहेका छौ । त्यस्तै शहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौ।

तीन वटा स्थापना गर्ने क्रममा दुइ वटा स्थापना भइसक्यो बाँकी एउटा पनि छिट्टै संचालन गर्ने गर्ने तयारीमा छौ। त्यस्तै पब्लिक हेल्थ संग सम्बन्धित कार्यक्रमहरु जनतालाइ प्रत्यक्ष सरोकार राख्ने जनताको स्वास्थ्यलाइ हित हुने काम र नेपालको संबिधान अनुसार स्वास्थ्यलाई मौलिक हकको रुपमा लिएको हुनाले त्यसलाई सम्बोधित हुने तरिकाले कार्यक्रमहरु बनाउदै छौ ।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?।

धनबहादुर थापा : अहिले ठिकै छ, सुरु सुरु मा गार्हो थियो। पहिला  गाइड लाइन नभएर अफ्ट्यारो पनि महसुस भएको थियो। अहिले भर्खरै गाइड लाइन आएको छ।

त्यसमा सबै अन्योल किसिमको छ। कसरी गर्ने के गर्ने यो चाहि स्पस्ट त्यसको कुनै निर्देशिका पहिला थिएन ।अहिले निर्देशिका आएको हुनाले अब कसरी गर्ने भन्ने कुरा भर्खरै भएको छ।

त्यहि  अनुसार हामीले स्वास्थ्य मन्त्रालयले निकालेको निर्देशिका अनुसार हामी गइरहेका छौ।  पहिलाको भन्दा अहिले अलि सहज भएको छ। पहिला कति कुरा हामीले पनि बुझी सकेका थिएनौ। कति कुरा उहाहरुले पनि बुझ्नु भएको  थिएन । अहिले चाहि नगरपालिका  र जनप्रतिनिधिहरु बाट सकारात्मक सहयोग पाइरहेका छौ ।

 

तपाइँको प्रतिक्रिया ।