काठमाडौ महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन सुरु गर्यो

काठमाडौ महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन सुरु गर्यो

कपन अनलाइन 

काठमाडौ,माघ ५।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले  त्रिपुरेश्वर क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गरेको  छ ।

संकलित तारमा इन्टरनेट तथा केवल सेवा प्रदायकका तारको मात्रा बढी थियो । त्यसपछि टेलिफोनका तार पनि उत्तिकै थिए । तार काट्न मानव शक्ति परिचालन गरिएको थियो भने भुइँमा छरिएको तार बटुलेर ट्रिपरमा राख्न डोजर प्रयोग गरिएको थियो । १ घण्टामा १० जनाले काम गर्दा २ ट्रिपर तार निस्किएको हो । संकलित तार टेकुमा राखिएको छ ।

सहरी सुन्दरता र वातावरणीय सुधारका लागि अहिले चरिहेका कामलाई हामी निरन्तरता दिने विभागीय प्रमुख हरिबहादुर कुँवर ले बताए ।

अव्यवस्थित तार व्यवस्थापन गर्ने काम जोखिमपूर्ण देखिन्छ । तार काट्न जाने कर्मचारी डोजरमाथि चढेर तार काटिरहेका थिए तर उनीहरुका हातमा सुरक्षा प्रदान गर्ने पञ्जा ,सुरक्षित पोशाक र  हेल्मेट केहि थिएन ।

यसरी विना सुरक्षा जोखिम मोलेर काम गर्दै आएका कर्मचारीले काठमाडौं महा नगरलाई सुन्दर बनाउन केहि जोखिम लिने प्रतिवादत्ता व्यक गरेका छन ।

समाचार /फोटो सौजन्य :काठमाडौं अनलाइन (चन्द्रमणि भट्टराई )

तपाइँको प्रतिक्रिया ।