बुढानिलकण्ठ नगरपालिकाले माघ ६ गते योग सम्बन्धि विशेष भेला गर्ने

बुढानिलकण्ठ नगरपालिकाले माघ ६ गते योग सम्बन्धि विशेष भेला गर्ने

कपन अनलाइन 

काठमाडौ,माघ ३।

बुढानिलकण्ठ नगरपालिकाले रास्ट्रिय योग दिवस सप्ताह को अवसरमा यहि माघ ६ गते आइवारका दिन  बिहान ७ बजे देखि  बुढानिलकण्ठ नगरपालिका वडा नं १० बाल उद्दार मावीमा विशेष भेलाको आयोजना गर्ने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले व्यवस्थापन गरेको उक्त भेलामा सहभागी हुनका लागि नगरपालिकामा संचालित योग सिविरका प्रतिनिधि ,योग संग सम्बन्धित संघ संस्था ,सामाजिक संस्था तथा विद्यालयहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।

योगका माध्यम बाट स्वस्थ नागरिक निर्माण गर्दै योग सुहाउदो वातावरण भएको यस नगरपालिकालाई योग पर्यटनको केन्द्र बनाउन पहल गर्ने उदेश्यले उक्त विशेष भेला आयोजना गरिएको नगरपालिका ले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।