तारकेश्वर नगरपालिका वडा नं ४ मा सरसफाई कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं ४ मा सरसफाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,माघ ३ ।

तारकेश्वर नगरपालिका वडा नं ४ मा रहेको पुरानो गुहेश्वरी मन्दिर आसपासको क्षेत्रमा आज बिहान नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा बालाजु  को आयोजना मा  सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका   वडा नं ४ का वडा अध्यक्ष     नरेन्द्र दास श्रेष्ठ,वडा सदस्यहरु  अर्जुन घिमिरे, बिन्दु सापकोटा, अश्य बिश्वकर्मा  , त्यस्तै गरि तारकेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बासु प्रसाद गौतम वडा सदस्य अनन्त  आचार्य  लगायत  स्थानीयको सहभागितामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई गर्नुको साथै जनचेतना जगाउने खालका गतिबिधि समेत गरिएको थियो ।सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न  समेत अनुरोध गरेका थिए। सरसफाई  गरिएता पनि फोहोरकोउचित ब्यबस्थापन तर्फ पनि ध्यान दिनु जरुरी देखिएको र फोहोर को दिर्घकालिन व्यवस्थापन तर्फ ध्यान समेत जानु जरुरी भएको तारकेश्वर  नगरपालिका  वडा नं ५ का वडा सदस्य अनन्त आचार्यले कपन अनलाइनलाइ बताए ।

तपाइँको प्रतिक्रिया ।