चन्द्रागिरी नगरपालिकालाई शैक्षिक क्षेत्रक रुपमा बिकास गर्ने योजना रहेको छ :नवराज रिजाल (प्रमुख ,शिक्षा शाखा )

चन्द्रागिरी नगरपालिकालाई शैक्षिक क्षेत्रक रुपमा बिकास गर्ने योजना रहेको छ :नवराज रिजाल (प्रमुख ,शिक्षा शाखा )

कपन अनलाइन

काठमाडौ,माघ १ ।

चन्द्रागिरी  नगरपालिकाको बिषयगत साखा अन्तर्गत कपन अनलाइनले  चन्द्रागिरी  नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज रिजाल   संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन : तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

नवराज रिजाल : मेरो जन्म २०२८ साल श्रावण १० गते धादिंग जिल्ला साबिक सत्यदेबी गाबिस वडा नं ८ हाल खनियाबास गाउपालिका वडा नं ५ मा भएको हो खानियाबास गाउ चाहि २०१७ सालको कथा संग सम्बन्धित गाउ हो ।

त्यसैको नाम बाट संभवत त्यो गाउको नाम राखिएको हो। म पिता रोमनाथ रिजाल र आमातारा देबी रिजालको  ८ औ सन्तान हु । मेरो प्रारम्भिक शिक्षा गाउकै स्थानीय भुमि प्राबी बाट सुरु भयो।

मैले त्यहा तीन कक्षा सम्म अध्ययन गरे। त्यसपछि मा खानयाबास भने बच्छला देबी  माबी मा कक्षा ७ सम्म अध्ययन गरे ।अनि ८ कक्षा देखि९  कक्षा सम्म त्रिभुवन त्रिशुलीमा पढे भने १० कक्षा निलकण्ठ माबी बोगटीटार रसुवामा पढेर २०४४ सालमा एस एल सी परीक्षा उत्तीर्ण गरे।  त्यस पछि उच्च शिक्षाको लागि २०४५ सालमा काठमाडौँ को  महेन्द्र रत्न ताहचलमा आइएड गर्न आए र बिएड पनि त्यहि बाट गरे । स्नातकोत्तर शिक्षा जारि रहेको छ ।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

नवराज रिजाल : मैले सरकारी सेवा २०५१ साल बैशाख १६ गते बाट सुरुवात गरेको हु। मेरो पहिलो सेवा क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल बाट सुरुवात भएको लोक सेवामा नासु बाट त्यति बेला प्राबिधिक सहायक भनिन्थ्यो।

त्यहा पोस्टिंग भएपछि एक वर्ष रहेर काम गरे त्यसपछि मेरो सरुवा रसुवा भयो। जिल्ला शिक्षा कार्यलयमा २०५४ साल सम्म बसेर काम गरे ।त्यस पछि म शिक्षा मन्त्रालयमा सरुवा भएर आए, त्यहा प्रा स भएर २०६५ साल सम्म काम गरे। २०६६ सालमा बिद्यालय निरीक्षक अधिकृतको रुपमा आन्तरिक बढुवा भयो ।

म योजना शाखामा काम गर्थे त्यतिबेला पनि र बजेटहरु बनाउने क्रममा लामो समय देखि काम गरिरहेको हुनाले बि.नि भए पछि पनि मेरो पोस्टिंग त्यही मन्त्रालयमै भयो । मैले जुन शाखा मा प्रा. स हुँदा  काम गरिरहेको थिए ।त्यही  कार्यक्रम शाखा मै शाखा अधिकृतको रुपमा काम गरे।  त्यसपछि मेरो १ बर्ष अगाडी २०७३ साल असोजमा शैक्षिक जनशक्ति बिकास केन्द्रमा सरुवा भयो।

झन्डै एकबर्ष शैक्षिक जनशक्ति बिकास केन्द्रको कार्यक्रम शाखामा नै काम गरि कार्यक्रम तर्जुमार  कार्यान्वयन तर्फ लागे। त्यस पछि त्यहाबाट २०७४ आश्विन ७ गते देखि चन्द्रागिरी नगरपालिका बिषयगत साखा अन्तर्गत शिक्षा शिक्षा शाखा अधिकृत र नगर शिक्षा अधिकृतको रुपमा जिम्मेवारी सम्हालिरहेको छु  ।

कपन अनलाइन  :   नगरपालिकाको  शिक्षा  शाखा प्रमुखको रुपमा चन्द्रागिरी  नगरपालिकामा यहाले  के कस्तो  योजना बनाउनु भएको छ ?

नवराज रिजाल : मैले यो नगरपालिकामा आइसके पछी यहाको शैक्षिक अवस्थाको बारेमा शैक्षिक क्षेत्रमा कार्यरत सामुदायिक बिद्यालय र संस्थागत विद्यालयका प्रिन्सिपल फाउन्डरहरुलाई बोलाएर मैले अन्तरक्रिया गराए।

अनि उहाहरु बाट हाल  शिक्षाको अवस्था जानकारी लिए र अब यसमा सुधार गर्न पर्ने कुराहरु के के हुन त? भन्ने कुराहरुमा अन्तरक्रिया गरियो। त्यी आएका फिड ब्याकको आधारमा गर्नुपर्ने कुराहरु योजना बद्ध ढंग बाट जाने क्रममा छौ।

हामीले शैक्षिक गुणस्तर बृद्दिको लागि सुधार गर्नु पर्ने कुराहरु जुन बिद्यालय नगरपालिका राजनीतिक प्रतिनिधिहरु वडा कार्यलयहरु वडा समिति हरु र अभिभावक हरु कुन क्षेत्रमा क कसले के के गर्ने कुरा हामी व्यख्या गर्दैछौ।

ति  कुराहरुको व्यख्या गरिसकेपछि र  समग्र विद्यालयको शैक्षिक क्षेत्र  बिकासको लागि  हामि योजना तर्जुमा गर्छौ। त्यो तर्जुमा गर्ने चाहि अब हाम्रो सुरुवात हुँदैछ यो सुरुवात कसरि गर्न लागिरहेका छौ ।

बिद्यालयहरुको अवस्था हामीले एउटा फर्म निर्माण गरेका छौ। त्यो फर्म ले विद्यालयको अवस्थाहरु जस्तै शिक्षक कतिजना योग्यता के कति?  बिद्यार्थीहरुको बिषयगत उपलब्धि सिकाइ उपलब्धि कति? बिषयगत कक्षागत ,एभरेजमा र त्यसको शिक्षकहरुको व्यक्तिगत बिवरणसहित विद्यालयको भौतिक अवस्था त्यसलाई हामीले मुख्य बनाएर त्यो हेरे पछी विद्यालयको दृश्य आउछर त्यस पछी भौतिक अवस्था कुन विद्यालयको के कस्ता छन  भनेर बर्गिकरण गर्ने छौ र आवश्यकता हेरी कुन बिद्यालयमा के को आवश्यकता छ । त्यो हेरेर अबको ७५ /७६ को लागि  योजना तर्जुमा गर्दा खेरि त्यसकै आधरमा योजना तर्जुमा गर्छौं ।

निजि र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धिको लागि अनुगमन र छलफल निरन्तर गर्ने सोचमा छौ। त्यस्तै गरि कक्षा ८ को परीक्षा  मर्यादित रुपमा संचालन गर्न नगर शिक्षा समिति गठन गरेका छौ ।परीक्षा संचालन गर्न समिति गठन गरेका छौ ।

शिक्षाको गुणस्तर वृद्धिको लागि हामीले धरै काम गर्ने योजना बनाएका छौ ।  चन्द्रागिरी नगरपालिकालाइ शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने योजना समेत रहेका छन्। यहाका केहि सामुदायिक बिद्यालयहरु राम्रा छन।

उनीहरुले  आफ्नै बस संचालन गरिरहेका छन । संस्थागत बिद्यालयहरुको जस्तै उनीहरुको पनि भौतिक पूर्वाधार राम्रो छ । रिजल्ट पनि राम्रो रहेको छ।  अर्को योजना भनेको शैक्षिक गुणस्तर वृद्धिको लागि अनुगमन सुझाब ,छलफलहरु समेत संचालन गर्ने योजना रहेको छ ।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?

नवराज रिजाल : नगरपालिका  र जनप्रतिनिधिहरु बाट सकारात्मक सहयोग पाइरहेका छौ ।यहाका जनप्रतिनिधि र नगरपालिकाका प्रमुख उपप्रमुख,  प्रमुख प्रशासकीय अधिकृत सीता परियार एकदमै सकारात्मक हुनुहुन्छ । हामीलाई निरन्तर के भैरहेको छ, जानकारी लिने गर्नु भएको छ।समय समयमा सुझाब दिनुहुन्छ नगरपालिका बाट केही बजेट पनि बिनियोजन भएको छ।

 

तपाइँको प्रतिक्रिया ।