पेसापलो च्याम्पियनशिप २०१८ को प्रशिक्षण उदघाटन

पेसापलो च्याम्पियनशिप २०१८ को प्रशिक्षण उदघाटन

कपन अनलाइन

काठमाण्डौ,माघ २ ।

नेपाल पेसापेलो एसोसिएसनको आयोजनामा हुन लागेको  प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ को  ट्रेनिङ क्याम्प आज बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपन ह्याण्डबल खेल मैदानमा आज एक कार्यक्रमका बीच उद्धघाटन सुरु भएको छ ।

आज र भोलि गरेर दुइ दिन सम्म  ट्रेनिङ क्याम संचालन हुने भएको छ ।पेसापेलो खेल फिनल्याण्ड राष्ट्रिय खेलको रुपमा रहेको छ । आज उक्त ट्रेनिङ क्याम्पको उद्घाटन काठमाडौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्बराज न्यौपाने र ट्रेनिंग क्याम्पको प्रशिक्षकले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी बिद्यालयका प्रतिनिधि , समाज सेबी ठाकुर खकुरेल , पत्रकार अशोक पाण्डे ,आशिष गुरागाई बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्बराज न्यौपानेले यो खेल  नया भए पनि सम्भावना भएको खेल भएकोले बताए ।

देशमा धेरै  खेल भएको तर खेल्ने भौतिक संरचना अत्यन्तै कम भएकोहुँदा  कुन खेल नेपालमा भित्र्याउदै छौ ,त्यसको सम्भाव्यता अध्ययन गर्नु पर्ने र त्यसको बारेमा छलफल गर्नु पर्ने बताएका थिए ।  खेलले नै देशलाई चिनाउने  भएको हुनाले  देशको इज्जत  राख्ने गरि  खेल्न शुभकामना दिएका थिए।

उक्त  प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ मा भारत, पाकिस्तान ,र नेपाल सहभागी हुँदैछन।  उक्त ट्रेनिंग क्याम्पको प्रशिक्षकको रुपमा फिनल्याण्डका इन्टरनेसनल भाइस चियरम्यान रहेका छन्।

नेपालको तर्फ बाट  ब्रेनल्याण्ड एकेडेमी ,पिकपोइन्ट एकेडेमी ,एपेक्स लाइफस्कुल , यूरिका हाइ स्कूल ,तामाकोशी हाइ स्कुल रामेछाप र इस्ट होराइजन स्कुल झापाका बिद्यार्थीहरु  सहभागी हुँदैछन् ।

प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ को सुरु को खेल माघ ४ गते ज्ञानेश्वरको सानोगौचरण खेल मैदानमा हुदैछ  भने समापन माघ ५ गते सोहि खेल मैदानमा हुनेछ।

उक्त खेलको सह प्रायोजकको रुपमा शुभारम्भ पब्लिकेशन,युनिक पब्लिकेशन, र टाइम्स पब्लिकेशन रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।