४७ वर्ष देखि बनको निरन्तर सुरक्षा गरिरहेका छन काजीलाल श्रेष्ठ
कपन अनलाइन
काठमाडौ,पौष २८
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनीखेलका ७५ वर्षीय काजीलाल श्रेष्ठले बनको सुरक्षा गर्न सुरु गरेको ४७ वर्ष भएको छ ।वि सं १९९९ शालमा जन्मिएका श्रेष्ठ अहिले रातमाटे सामुदायिक बन र पुतली डाँडा सामुदायिक बनको रक्षक रहेका छन।
५ वर्ष तत्कालिन शाही नेपाली सेनामा जागिर खाएर छोडेका उनले २०२७ शाल देखि जिल्ला बन कार्यालय काठमाडौमा बनपालेको रुपमा सरकारी सेवामा प्रवेस गरेका थिए ।उनले केहि समय जगडोल बनमा पनि रक्षकको रुपमा काम गरेका थिए ।
बनपालेको रुपमा सेवा निबृत भए पश्चात पनि उनि सामुदायिक बनमा रक्षकको रुपमा सकृय रहेका छन ।
आफ्नो बाल बच्चा र बिरुवा एकै लाग्ने बताउने उनले अव बन आफ्नो जीवनको अंग बनेको भन्दै आफ्नो विगत सम्झिए ।साना साना विरुवा हुर्काउनु केटा केटी हुर्काएको जस्तै हो भन्दै उनि आफ्नो बन फैलिएकोमा सन्तोष व्यक्त गर्दछन ।
७५ वर्षको उमेरमा पनि यिनै विरुवाको संगतले स्वस्थ्य रहेको भन्दै उनले बनमा चितुवा संग जम्का भेट भएको ,कुनै समय रुखमा लास भटिएको लगायतका घटनाहरुको स्मरण गर्दछन।
