प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु सम्पन्न

प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष २८ ।

कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) टुसाल बौद्धले आयोजना गरेको प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ ।

आज चाबहिलको गणेशस्थानचौरमा भएको खेलमा आइडियल कलेज “ए” ले  इष्ट पोल कलेजलाई ४ -० गोलले पराजित गरेको छ।  उक्त खेलमा  आइडियलका खेलाडी सुरज ठकुरी २ गोल गर्दै खेलको म्यान अफ द म्याच प्राप्त गर्न सफल    भए  ।

आजको अन्य  खेलहरुमा टाइम्स कलेजले आइडियल कलेज ”बि”चाबहिललाई  २ -१ गोलले पराजीत गरेको छ। त्यसै गरी केयु सिटी कलेज“ए” लाई विट्स कलेजले १ -०  गोलले र  जेम्स कलेज ललितपुरले (केब्स)”ए’ टुसाल बौद्धलाई ३ -२  गोलले पराजित गरेको छ।

भोलिको सेमी फाइनल खेलहरु आइडियल कलेज “ए” र टाइम्स कलेज,  विट्स कलेज र जेम्स कलेज ललितपुर बिच हुने आयोजक शम्भु कार्कीले जानकारी दिएका छन् ।


तपाइँको प्रतिक्रिया ।