चुच्चेपाटी-जोरपाटी सडक खण्डको निरीक्षणमा प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामा
कपन अनलाइन
काठमाडौ,पौष २९ ।
काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र १ का प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले चुच्चेपाटी-जोरपाटी सडक खण्डको निरीक्षण गरेका छन । स्थानीयहरु बाट सडकको दुरावस्थाको वारेमा व्यापक गुनासो आए पछी सडक विस्तार आयोजनका इन्जिनियर सहित उनले सडकको निर्माण प्रगति तथा पछिल्लो अवस्थाको वारेमा जानकारी लिएका हुन् ।
निकै लामो समय भै सक्दा पनि यो महत्वपूर्ण सडक निर्माण हुन् नसकेकोले यातायात र स्थानीय बन्द ब्यापारमा निकै असर परिरहेको अवस्थामा लामाले यो पहल थालेका हुन् ।उनले सडक संगै त्यस क्षेत्रको ढल निकासको व्यवस्था सम्बन्धि जानकारी पनि लिएका थिए ।
निरीक्षणका क्रममा उनले सडकको निर्माण चाडै सक्नु पर्ने र यसका अन्य निर्माणले गति लिनुपर्ने बताउदै स्थानीयहरुका गुनासो र समस्या सुनेका थिए ।
तपाइँको प्रतिक्रिया ।