क्षेत्र नं. ४ मा एक- दुई- तीन पासाङ नै उम्मेदवार हो !
कपन अनलाइनएनेकपा माओवादीका नेता संजय अर्यालले आसन्न संविधानसभाको चुनावमा क्षेत्र नं. ४ बाट नन्द किशोर पुन पासाङ नै प्रत्यक्षतर्फका निर्विकल्प उम्मेदवार भएको बताएका छन् । क्षेत्र नं. ४ मा निर्वाचन केन्द्रित विविध गतिविधि गर्ने क्रममा कपनमा निकै सक्रिय रहेको एनेकपा माओवादीको कपनका पुराना नेताको रुपमा चिनिने संजय अर्यालले क्षेत्र नं. ४ मा पासाङ नै एकमात्र उम्मेदवार भएको भएको बताए ।
चुनावमा उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुको नाममा अगाडि आइरहेको बेलामा उनले यसो भनेको हुन् । भर्खरै एमालेबाट प्रवेश गरेका गोविन्दकृष्ण अधिकारीलाई समेत भावी उम्मेदवारको रुपमा केहीले बोकेर हिँडिरेहेको अवस्थामा संजय अर्यालले पासाङलाई निर्विकल्प उम्मेदवार भनेर क्षेत्र नं. ४ को राजनीतिमा तरंग पैदा गरेका छन् । कपन अनलाइनसँगको विशेष भेटमा उनले यदि क्षेत्र नं. ४ बाट विशेष कारणवस पासाङ उठने अवस्था आएन भने पार्टी अध्यक्ष प्रचण्ड वा नारायणकाजी श्रेष्ठ उठ्ने दावी पनि गरे ।