युथफोर्स बुथ केन्द्रित हुनेछ – महेश बस्नेत

[highlight]पछिल्ला समयमा देशको राजनीतिमा प्रभाव देखाउने युवाहरुमा महेश बस्नेत अग्रपंक्तिका व्यक्ति हुन् । नेकपा एमालेसमर्थित युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रहेका बस्नेतसँग युवासंघले आयोजना गर्न लागेको युवा महिला भेला र समग्र युवा आन्दोलनको विषयमा कपन अनलाइनका पुण्यराज पुडासैनीले लिएको अन्तर्वार्ता:[highlight]

कपन अनलाइनः युवा संघ नेपालको सम्मेलनपश्चात महाधिवेशनका लागि प्रस्तावहरु विभिन्न अभियानहरुसहित सञ्चालन गरिरहेको छ । यो अभियानको बारेमा बताइदिनोस् न ?

महेश बस्नेत ः मंसीर ४ गते निर्वाचनको मिति तय भइसके पछाडी निर्वाचन होला या नहोला भन्ने कतिपय मानिसहरुको मनमा दुविधा भइरहेको बेला राजनीतिक दलहरुले यसका जनसंगठनहरुले सिङ्गो मुलुकलाई निर्वाचनमय बनाउनुपर्छ र अझ हामी एमाले युवा संघ भएको नाताले निर्वाचनलाई एमालेमय बनाउनु पर्छ भन्ने हाम्रो लक्ष्य हो । निर्वाचनले यस्तो माहोल लिएर आउनुपर्छ कि निर्वाचन विरोधी शक्तिहरुलाई देशको कुनाकाप्चामा बसेर यस विरुद्ध लागेका छन् भने पनि उनीहरु बाहिर आउन नसक्ने स्थिति बनोस् भन्ने हाम्रो मान्यता हो । पहिलो कुरा त मंसिर ४ मै निर्वाचन होस् भन्ने आन्दोलन पनि घोषणा गरेको छौँ । यो आन्दोलनबाट ४ गते निर्वाचन हुने अवस्था प्रचारात्मक ढङ्गले अगाडि बढाउँछौँ र नहुने स्थिति सिर्जना भएमा दवाव मुमलक तरिकाले अगाडि बढाउछौँ । र त्यो आन्दोलन अन्तर्गत हामीले मुलतः वर्तमान संविधान भित्रका एजेन्डाहरुलाई उठाइरहेका छौँ र त्यसलाई हामीले के भनिरहेका छौँ भने संविधानसभाको संख्या एकदम सानो बनाउनुपर्छ । ६०१ संख्या हुनै हुँदैन । राज्यले दिएको खर्चका हिसाबले एकदमै सानो बनाउनुपर्छ ।

कपन अनलाइनः ४६१ सदस्यमामा भएको सहमती अहिले कस्तो अवस्थामा छ ?

महेश बस्नेतः हाम्रो माग त त्यो भन्दा पनि घटाउनुपर्छ भन्ने हो तर दलहरुबीचको सहमतीका कारणले निर्वाचन नै सर्ने हिसाबले हाम्रो माग हुँदैन । तर संविधानसभा वा कुनैपनि निर्वाचनको संख्या सानो हुनुपर्दछ भन्ने हाम्रो माग हो । र थ्रेसहोल्डको व्यवस्था पनि हुनुपर्दछ । ३% नल्याउने पार्टी राष्ट्रिय पार्टी नहुने र ५०% उम्मेद्वारी नदिने पार्टीलाई समानुपातिक नदिने हो भने यो संख्या घट्छ । जसले गर्दा साना दल खुल्ने क्रम बन्द हुन्छ वा समानुपातिकको प्रतिनिधित्व प्रत्यक्षमा नै व्यवस्था गर्नुपर्दछ । जस्तो काठमाडौँमा १० सिट छ भने ३ जना महिलालाई टिकट दिनुपर्दछ । आचारसंहिता कडाइपूर्वक लागु गरिनुपर्दछ । हेलिकप्टरलगायत साधन प्रयोगमा रोक लगाउनुपर्दछ । ५०% युवा उम्मेद्वारको व्यवस्था गरिनुपर्दछ । १६ वर्ष पुगेमा युवाहरुले मताधिकार अधिकार पाउनु पर्दछ । फौजदारी अभियोग लागेका उम्मेद्वार हुन पाउँदैनन् । विदेशका युवाले पनि मतदान गर्न पाउने माग गरेका छौँ ।

कपन अनलाइनः अब युथ फोर्सको भूमिका के हुन्छ ? युथ फोर्सको स्थापनापछि झडपहरु पनि भए अबका दिनमा के हुन्छ ?

basnet mahesh
युवासंघ केन्द्रिय अध्यक्ष महेश बस्नेत

महेश बस्नेत ः आत्म रक्षा गर्ने चाहिँ मान्छेको नैसर्गिक अधिकार हो । मान्छेलाई कसैले भौतिक रुपले आक्रमण ग¥यो र त्यसलाई प्रत्यागमन गर्दा चाहिँ मृत्यु भएछ भने त्यसलाई कानुन लाग्दैन र म तपाईंहरुलाई उदाहरण दिन्छु, हामी यहाँ बसिरहेका छौँ हामीलाई लामखुट्टेले टोक्यो भने तपाईंले लामखुट्टेलाई मार्नु भयो भने कसैले पनि विचरा लामखुट्टे मा¥यो भन्दैन तर कमिला अथवा मौरी आएको छ र तपाईंले मार्नु भयो भने किन मा¥या भन्छ । मौरी त तपाईंलाई गुनिलो चिज हो । लामखुट्टे रगत चुस्छ र लामखुट्टे मार्ने र जुम्रो मार्ने कुरोलाई चाहिँ कुनैपनि शाहाकारी अथवा धार्मिक मान्छेले किन मारिस भन्दैन । त्यसो भएको हुनाले हाम्रो लोकतन्त्रलाई संस्थागत गर्ने ढङ्गले निर्वाचनका प्रक्रियामा सहभागी हुँदा निर्भयताका साथ पार्टीहरु भाग लिन पाउने आफ्ना गतिविधि गर्न पाउने स्थिति बन्दा हामी शान्त भएर बस्छौँ होइन भने भोली एमालेका कार्यक्रम गर्न नदिने एमालेको भोटरहरुलाई तर्साउने जुन खालको गतिविधि २०६४ सालमा भए त्यस्तो दुस्साहस कसैले गर्छ भने हामील्े अलिअलि सम्झाई बुझाइ गछौँ ।

कपन अनलाइनः कतिपय पार्टीहरुले युथफोर्सले निर्वाचनको वातावरणलाई विगार्छ भन्ने आरोप लगाउँदछन् । यसमा के छ टिप्पणी तपाईंको ?

महेश बस्नेत ः हामी निर्वाचनलाई केन्द्रीत गरेर प्रशिक्षणका तालिमहरु, काहिँ कतै आक्रमण भयो भने डिफेन्स गर्ने तालिमहरु र जनताका मतहरु संरक्षण गर्ने कुरा विभिन खालका धम्की आश्वासनहरुलाई चाहिँ रोक्ने कुरा यस्ता प्रशिक्षण तालिमहरु हामी दिन्छौँ । अब यो नजन्मिँदै शङ्का गर्ने कुरा राम्रो होइन । युवा संघ नेपालले कहिले पनि निर्वाचनको बाटोलाई बिगारेको छैन । नेकपा एमालेमा त्यस्तो व्यक्ति होला जसले धाँधली गरेर जित्ने कुरामा विश्वास गर्छ । काँग्रेस र माओवादीले हामी धाँधली रहित गछौँ, निष्पक्ष र भयरहित गछौँ भन्ने चाहिँ बेथुकको कुरा हो । युवा संघ नेपालले जनमय विश्वास गर्छ लोकतन्त्रमा विश्वास गर्छ र प्रतिष्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्ने जुन सिद्धान्त जनताको बहुदलिय जनवादको त्यसमा हामीले विश्वास गर्ने हुने भएको हुनाले हामीले अरु कसैका संगठनका गतिविधिलाई हामी आँखा लगाउँदैनौँ । हामीले अरुभन्दा फरक विचार राखेका कारण उनीहरुमाथि आक्रमण गर्दैनौँ जुन विगतमा माओवादीहरुले गरे । कतिपय अवस्थामा काँग्रेसहरुले गर्थे र हामी हाम्रो युथफोर्स लोकतन्त्रको भूमिका पक्षमा हुन्छ । नेपालको युवा सङ्घको समृद्धिको हिसाबमा हुनेछ ।


कपन अनलाइनः महिला युथफोर्सको आवश्यकता किन ?

महेश बस्नेत: अब नेपालजस्तो अर्धसामान्य मुलुक जहाँ गरिबी छ, अशिक्षा छ त्यहाँ रुढीवादी, बोक्सीको नाममा महिला दिदीबहिनीलाई दिशा खुवाइदिँदैछ । दिनमा दुई जना दिदीबहिनीलाई बलत्कार गरिन्छ । अहिले पनि गरिव भएका कारण झमेला हुँदैछ । चाहे त्यो दलित होस् चाहे सुकुम्बासी भन्नोस् चाहे त्यो भोकमरी ग्रस्त क्षेत्रका जनता भन्नुहोस् अब त्यसमा पनि महिलाहरु बढी ग्रस्त भएको देखेर महिलाहरुको हक अधिकारको पक्षमा राष्ट्रले ध्यान दिन सकेको छैन र अन्य संगठनले ध्यान दिन सकेको छैन । न एनजीओले चेतना दिने तरिका त ठीकै होला हक अधिकार प्राप्ति गराउने कुरामा त राजनीतिक संगठनको भूमिका ठिकै होला । तर महिलाहरुको प्रतिरोधी क्षमता बढाउने र महिलाहरुलाई जुझारुपना बढाउने कुरामा ध्यान दिएनौँ भने हामीले यो खालको समस्याहरु हामीले हल गर्न सक्दैनौँ । त्यसकारणले हामीले महिला युथफोर्स बनाएर महिलाहरुको क्षेत्रमा रहेका विकृतिहरु र रुढीवादी र महिलाहरु प्रति हुने हिंसाहरु, महिलाहरुमाथि हुने अन्याय, अत्याचार थिचोमिचोको विरुद्ध शशक्त ढङ्गले सिङ्गो महिला आन्दोलनलाई आरोप लगाउँदिन । यसले धेरै उपलब्धता हासिल गरेको छ । तर सिङ्गो महिला आन्दोलन भित्र प्रतिरोधी क्षमता विकास नभए सम्म महिलाहरुको हक अधिकार र महिलामाथि हुने हक अधिकारलाई सम्मान गर्दै हामीले महिलामा उत्पन्न हुने प्रतिरोधी क्षमताको विकास गर्नुपर्ने छ । अर्को कुरा महिला युथफोर्स बनाएर महिलाहरुको आन्दोलन प्रतिरोधी बनाउने सन्दर्भमा भूमिका निर्वाह गछौँ ।

तपाइँको प्रतिक्रिया ।