अनलाइन पत्रकारितालाई व्यवस्थित र जवाफदेही बनाउन पहल

कपन अनलाइनपत्रकारिता क्षेत्रको कान्छो संस्करण मानिने अनलाइन पत्रकारिताले पछिल्लो केही वर्षदेखि विश्वव्यापीरुपमा पारेको प्रभावले नेपाली पत्रकारिता क्षेत्रलाई पनि छोएको छ । नेपालमा पनि यी दिनहरुमा सयौंको संख्यामा अनलाइन पत्रिका नामका वेबसाइटहरु खुलेका छन् । सजिलै तथा न्यूनतम लगानीमा सुरु गर्न सकिने तथा इन्टरनेटसहित ल्यापटप र स्मार्टफोनको जमानामा विश्वव्यापी तत्काल असर पर्ने देखिएकोले पनि यो क्षेत्रतिर मानिसका आँखा लागेको हो ।

 

कार्यशाला गोष्ठिमा सहभागी अनलाइन पत्रकारहरू
कार्यशाला गोष्ठिमा सहभागी अनलाइन पत्रकारहरू

विद्युतीय संचारको कानुन लागु हुन नसकेको हाम्रो जस्तो मुलुकमा अनलाइन पत्रकारिताका नाममा पछिल्लो समय खुलेका सयौंका संख्याका वेबसाइडबाट विकृति पनि उत्पन्न हुन थालेपछि यस क्षेत्रलाई व्यवस्थितरुपमा लाग्नु पर्ने ठहर यसै क्षेत्रका अगुवाहरुले गरेका छन् । अनलाइन पत्रकारितालाई कसरी व्यवसायिक, व्यवस्थित तथा मर्यादित बनाउने भन्ने बिषयमा आज राजधानीमा एक कार्यशाल गोष्ठि संचालन गरियो । जिम्मेवारीपूर्ण पत्रकारितालाई अनलाइन पत्रकारिताले कसरी अंगाल्ने बारेमा केन्द्रित कार्यशाला गोष्ठिलाई पत्रकार के.पि. ढुंगाना अध्यक्ष रहेको अनलाइन पत्रकार संघले नेपाल पत्रकार महासंघ र डिजिटल मिडिया कमिटिसँग मिलेर आयोजना गरेको थियो ।

 

कार्यशाला गोष्ठि आयोजक अनलाइन पत्रकार संघका अध्यक्ष के.पि. ढुंगाना
कार्यशाला गोष्ठि आयोजक अनलाइन पत्रकार संघका अध्यक्ष के.पि. ढुंगाना

अनलाइन संचार संस्थाको पहिचान, विश्वसनियता, जिम्मेवारी र उत्तरदायित्वका बारेमा करिब १०० को संख्यामा उपस्थित विभिन्न अनलाइन पत्रिका सम्बन्धित पत्रकारहरुले धारणा राखेका थिए । कार्यशाला गोष्ठिका ले अनलाइन पत्रकारितालाई सुचिकरण एवम् वर्गिकरण गर्नका साथै आचारसंहिता निर्माण गर्न समिति निर्माण गरेको छ ।

 

पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको उपस्थितिमा डिजिटल मिडिया कमिटिका उज्ज्वल अचार्य त्यसैगरी सेतोपाटी डटकमका अमित ढकाल र अनलाइन खबर डटकमका अरुण बरालले संचालन गरेका थिए

यसै कार्यक्रमलाइ लक्षित् गरि सामाजिक सन्जाल मा चलेको बहस लाइ हामीले यहाँ राखेका छौ तपाई हरुपनि आफ्नु सल्लाह सुझावहरु सामाजिक संजाल मार्फत राख्न चाहनुहुन्छभने तपाई आफ्नु टिउटर को पछाडी #‎SOMN‬ पोस्ट गर्न सक्नुहुनेछ

तपाइँको प्रतिक्रिया ।