युवा संघ र खेलकुद महासंघ कपन १ को भेला सम्पन्न

कपन अनलाइननवराज भट्टराई

संविधान सभा चुनावको माहौल ठूला ३ दललाई लागेको आभाष हुन थालेको छ । यसै सिलसिलामा मुलुकका ३ ठुला राजनीतिक दलका भातृ शक्तिहरु कपनमा संगठन निर्माण, भेला, प्रशिक्षणमा व्यस्त रहेको देख्न सकिन्छ ।  काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेका नेकपा एमालेको कपन गाँउ कमिटिले आफ्नो अगुवाईमा सयौ युवाहरुको सहभागितामा एक भव्य युवा भेला आयोजना गरेको छ  ।  कपन वडा नं. १ स्थित लिटिल मुन स्कुलमा आयोजना गरिएको  भेलाले नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ र खेलकुद महासंघको क्रमशः १५ सदस्यीय र ९ सदस्यीय वडा नं १ कपन कमिटि निर्माण गरेको छ ।

 

युवा संघ कमिटिमा अध्यक्षमा मनोज खत्री, उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा प्रेम मगर, सहसचिवमा पुकार थापा, कोषाध्यक्षमा सोनि सुब्बा, र सदस्यहरुमा जेम्स थापा, उमेश कार्की, रामहरि पोखरेल, राम लामा, विजय बुढा, राजु श्रेष्ठ, अनोज खड्का, नवराज कार्की, रवि खत्रि र आशिष दाहाल रहेका छन् । त्यस्तै खेलकुद महासंघ कमिटिमा अध्यक्षमा मिनेश खत्रि, उपाध्यक्षमा तिलक भण्डारी, सचिवमा दावा तामाङ, सहसचिवमा जगन्नाथ चौलागाँई, कोषाध्यक्षमा जयरा सत्सङकर, सदस्यहरुमा राजकमार बराल, नितेश थापा, रमेश गजमेर र रोहित बुढाथोकी रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा  युवा संघ जिल्ला कमिटि सदस्य पुण्य पुडाशैनी र  विशेष अतिथिका रूपमा उपस्थित नेकपा एमाले कपन गाँउ कमिटि अध्यक्ष एवं खेलकुद महासंघ काठमाडौ जिल्ला कमिटि सचिव ध्रुवराज न्यौपाने उपस्थित थिए।

तपाइँको प्रतिक्रिया ।