गिट्टी कुटेर उचित ज्याला नपाएको साँफेका महिला मजदुरको गुनासो

गिट्टी कुटेर उचित ज्याला नपाएको साँफेका महिला मजदुरको गुनासो

कपन अनलाइन 

अछाम ,पौष २२ /एकेन्द्र महता

एकेन्द्र महता, अछाम साँफेबगरमा रहेका बुढीगंगा नदी र छिपेखोलाको किनाराका गिट्टी कुट्दै आएका महिलाहरुले उचित ज्याला नपाएको गुनासो गरेका छन् । उनिहरुले गिट्टीले वजार नपउदा जीविकोपार्जनमा समस्या भएको बताएका छन ।

गिट्टीले बजार नपाउँदा सस्तोमा वेच्न वाध्य भएको महिला मजदुरले गुनासो गरेका छन् । विहानै सुर्य नउदाउदै छिपेखोलामा गिट्टी कुट्न जाने मायादेवि थापा सुर्य अस्ताएपछि मात्रै घर फर्कनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘कठयाङरिदो चिसो र कडा मेहनतका साथ गिट्टी कुट्ेपनि गिट्टी भने विक्रि भएको छैन ।’ गिट्टीले बजार नपाउँदा थापा अहिले कौडीको भरमा गिट्टी बेच्न वाध्य हुनुभएको छ । थापा मात्रै हैन मायाराजु भाट, टंकेश्वरी कुँवर लगायत अन्य केही मजदुर महिलाहरुले श्रम अनुसारको मुल्य नपाउँदा समस्यामा परेका छन् ।

प्रति घनमिटरको १५ सय रुपैया मुल्य भएपनि उनिहरु आधा मूल्यमा जीविकोपार्जनको लागि गिट्टी विक्रि गर्न वाध्य भएका छन । मदजुर महिलाहरु श्रम अनुसारको गिट्टीको मुल्यको लागि पहल गरिदिन सरोकारवाल निकायसँग आग्रह गरेका छन् । गुजाराका लागि ज्यालादारी काममा महिलाको सहभागिता बढेको छ ।

बुढीगंगा नदी र छिपेखोलाको किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका मजदुर महिलालाई गिट्टी कुटेर जीविकोपार्जनमा समस्या भएको छ । महिला अधिकारकर्मी पशुपति कुँवर मजदुर महिलाहरुले कुटेको गिट्टीको वजारको लागि पहल गर्ने बताउनुहन्छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर मजदुर महिलाहरुविच मूल्यको एकरुपताको लागि सम्झदारि कायम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मजदुर महिलाहरुलाई सिपमुलक कामसँगै उत्पादनको वजारिकरणको लागि नगरपालिकाले पहल गर्ने बताउनुहुन्छ । पुरुषभन्दा आधा मात्रै ज्याला पाउने प्रवृत्तिका कारण समस्या पाउँदै आएका महिलाहरु गिट्टीले समेत मूल्य नपाउँदा समस्या परेका छन । काम अनुसारको दाम नपाउँदा समस्यामा मात्रै परेका छैनन् जीविकोपार्जनमा समेत समस्या हुँदै आएको छ । त्यसकारण यसतर्फ सरोकारवालको ध्यान जान आवश्यक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।