बागमती सफाई अभियान २०४ औ हप्तामा

बागमती सफाई अभियान २०४ औ हप्तामा

कपन अनलाइन 

काठमाडौ,पौष २२

पुडासैनी मैत्री समाजको नेतृत्वमा मुहान देखि नै वाग्मती सफा राखौं भन्ने आग्रह सहित २०७० फागुन ३ गते प्रारम्भ भएको बागमती  सफाई अभियानको २०४ हप्ताको कार्यक्रम पुस २२ गते सम्पन्न भएको छ ।

समूदायलाई वाग्मती सफाईसंग जोड्दै वाग्मती प्रति स्वामित्व ग्रहण गर्न अभिप्रेरित गर्ने र सफाई नै सभ्यताको प्रारम्भबिन्दु हो भन्ने मान्यताको बिकास गर्दै नेपाल सफाई अभियानमा योगदान पुर्याउने उदेश्यले अघि बढाईएको वाग्मती सफाई अभियानका क्रममा हजारौं मानिसलाई वाग्मती सफाईमा संलग्न गराईएको समाजले जनाएको छ ।

यसैक्रममा २०७४ पुस २२ गते २०४ हप्ताको सफाई अभियान सम्पन्न गरेको छ । यस क्रममा प्रदेशसभा सदस्य रामेश्वर फुँयाल लगायत बिभिन्न संस्थाका प्रतिनीधि लगायत नियमित अभियन्ताहरुको सहभागिता रहेको थियो ।

सफाई अभियान अन्तर्गत जोरपाटी स्थित वाग्मती स्तम्भको वरपर सफाई गर्नुका साथै वाग्मती किनारमा अवस्थित फोहोरहरुको ब्यवस्थापन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।