तारकेश्वर नगरपालिका वासीको सेवा नै हाम्रो मुख्य दायित्व हो :भवानी डोटेल धिताल (उपप्रमुख ,तारकेश्वर नगरपालिका )

तारकेश्वर नगरपालिका वासीको सेवा नै हाम्रो मुख्य दायित्व हो :भवानी डोटेल धिताल (उपप्रमुख ,तारकेश्वर नगरपालिका )

कपन अनलाइन

काठमाडौ,पौष २० ।

यो सामग्रीमा हामीले स्थानीय तहको निर्वाचित विभिन्न नगरपालिकाका उप प्रमुखहरुको ब्यबहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ र अन्य विविध पक्षहरुमा केन्द्रित रहेर कुराकानी गरेका छौ। यो सामग्रीमा  कपन अनलाइनका विकल  सापकोटाले  तारकेश्वर  नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल (भानु) संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।

कपन अनलाइन :तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि बताईदिनुहोस न ?

भवानी डोटेल धिताल (भानु) : मेरो जन्म २०४० सालमा चितवन जिल्लामा पिता कृष्ण प्रसाद डोटेल र माता मानकुमारी डोटेलको माहिंली छोरी को  रुपमा भयो।मेरो प्रारम्भिक शिक्षा हात्तीले वडा चैनपुर् प्राविमा भयो भने २०५८ सालमा नेपाल राष्ट्रिय माबी बाट एस एल सी पास गरे । त्यस पछि उच्च शिक्षाको लागि सहीद स्मृति बहुमुखी क्याम्पसमाभर्ना भए र त्यही बाट ब्यबस्थापन संकायमा स्नातक गरे। त्यस पछि २०६८ सालमा  मेरो बिवहा भयो मेरो श्रीमान अर्जुन धिताल हुनुहुन्छ ।त्यसपछि स्नातकोत्तरको लागि  काठमाडौको शंखरदेब मा भर्ना भए।  मैले नेपाल ल क्याम्पस बाट एल एल बि गरेकोछु  भने ग्रामिण आदर्श कलेज बाट एक बर्षे बि. एड समेत गर्दैछु ।

कपन अनलाइन : राजनीतिमा कसरी आउनु भयो ?

भवानी डोटेल धिताल (भानु) :  हाम्रो पारिबारिक  पृष्ठभूमि राजिनीतिमा आकर्षित रहेको थियो।  २०५८ सालमा जब  मैले एस एल सी पास गरे पछि आइकम गर्ने सिलसिलामा बिद्यार्थी राजनीतिमा  संगत बढ्यो। त्यसपछि मैले साथीहरुलाई सघाउन थाले । बिद्यार्थी हक हितका कुराहरुमा बिद्यार्थी नेताहरु संगै बसेर सहयोग गरियो। मैले नेकपा एमालेको सदस्यता चाहि २०६७ मा चितवन बाट लिएको थिए ।

कपन अनलाइन : ताराकेश्वर  नगरपालिकाको उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेर आफ्नै पहलमा के के काम भएको छ ?

भवानी डोटेल धिताल (भानु) : म यहाँ उपप्रमुखको रुपमा आए पछी महिलाहरुको हक हितका लागि महिलाहरुको सशक्तिकारणको लागि पहल गरेको छु ।

न्याय सम्पादनको क्षेत्रमा,महिला हक अधिकार र विकास निर्माणको क्षेत्रमा सके सम्म सबै कुरामा राम्रो होस्।  प्रशासनिक वा विकास निर्माण होस् या जनतालाई दिने  सेवा चुस्त दुरस्तहोस् भनेर कोसिस गरिरहेको छु ।

अनुगमन गरिरहेका छौ।विकास निर्माणका  नगर स्तरीय अनुगमन टोलि गठन गरेका छौ  त्यो अनुगमनमा जाँदा नगरको होस् या वडाको होस् वा  प्राधिकरणले दिएको होस् या  सडकले दिएको होस् हाम्रो योजनामा हामीले कम्तिमा पनि तीन पटक सम्म अनुगम गर्ने गरेका छौ।

कपन अनलाइन : नगरपालिकामा कर्मचारीहरुबाट कतिको सहयोग पाइरहनु भएको छ ?

भवानी डोटेल धिताल (भानु) :   सहयोग त छ ,नभएको होइन । कर्मचारीको सहयोग बिना हामि अघि बढ्न सक्दैनौ  यो वर्ष बाट हामि सबै बुझ्छौ ।बुझिसकेपछि अनि आफै पनि हरेक कुरा गर्न सक्छौ ।

कपन अनलाइन : घर परिवार र कार्यलयमा जनताको काम गर्न समय ब्यबस्थापन कत्तिको चुनौती रहेको छ ?

भवानी डोटेल धिताल (भानु) :  समय ब्यबस्थापन सहज छैन।तर समयलाई सहज  बनाउन सकिन्छ भनेर म लागिरहेको छु र मैले आफ्नो तर्फ बाट सक्दो  प्रयास गरिरहेको छु। घरमा पनि  समय मिलाएर जनताको काममा लागिरहेको छु यो उपप्रमुख पदको जिम्मेवारी बोध गर्दै काम गरिरहेको छु । यो पदको गरिमालाइ उच्च राख्दै काम गरिरहेको छु।

कपन अनलाइन :कार्यसम्पादनको शिलशिलामा आग्रह पूर्वाग्रह र दवाब कत्तिको सामना गर्नु परको छ ?

भवानी डोटेल धिताल (भानु) : कहिले काही यस्तो आउने रहेछ। तर जनताको आवश्यकता अनुसार काम गर्दै जाँदा अहिले सम्म तेस्तो ठुलो  दबाब  आएको छैन।

कपन अनलाइन : अहिले सम्मको सफलतामा कसको मुख्य योगदान रहेको छ?

भवानी डोटेल धिताल (भानु) : यहाँ सम्म आइपुग्न मेरो बुवा आमा ,त्यस पछि यहा बिहे गरेर आइसके पछि यहीको परिवार श्रीमान ,सासु ससुरा  आफन्त र मलाई बिश्वास गरेर यहाँ सम्म यो पद सम्म ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण  तारकेश्वर नगरबासी नै हुन् । उहाहरुले जुन मलाई बिश्वास  गर्नु भएको छ। जुन काम जिम्मेवारी सुम्पनु भएको छ म त्यो जिम्मेवारी र बिश्वासलाइ  कायम राख्दै अगाडी बढ्न चाहन्छु।

कपन अनलाइन : अन्त्यमा नगरबासीलाई के भन्न चाहनुहुन्छ ?

भवानी डोटेल धिताल (भानु) : हामी समग्र तारकेश्वरको बिकासको लागि गैइरहेका छौ ।त्यो बिकासको लागि नगरले आफ्नो तरिकाबाट हात फैलाउछ।

नगरबासीले पनि त्यै तरिका बाट सकारात्मक तरिका बाट हामीलाई अंगालदिनुभयो भने हाम्रो काममा सपोर्ट गरिदुनुभयो भने हामी नगर र नगरबासी दुबैलाई राम्रो बनाउन सक्छौ भन्ने सोचमा छौ ।

अब विकासले गति लिन्छ  काम गर्दै जाँदा  अफ्ट्यारोहरु सामना गर्दै अघि बढेका छौ। सेवाग्राहीलाई कुनै समस्या नहोस भन्ने कुरामा हामी सजग भएका छौ। एउटा सानो फुल रोपे पछि त्यसलाई फुल्नलाइ समय लाग्छ  भने हामी विकास निर्माण गर्दैछौ, सम्पन्नता तर्फ जाँदैछौ त्यसको लागि केहि समय लाग्ने नै भयो।

त्यसैले हामि काम गरिरहेका छौ, सबैले धैर्यता राखिदिनुहोला हामीलाई हतोत्साहित बनाउनु को साटो प्रोत्साहित गराईदिनुभयो भने हामी हौसलापुर्बक आफ्नो काममा निरन्तर लागिरहन्छौ ।

तपाइँको प्रतिक्रिया ।