५ वर्ष भित्रमा टोखा नगरपालिकालाई नमुना नगर बनाउने छौ :ज्ञानमाया डंगोल(उपप्रमुख,टोखा नगरपालिका )

५ वर्ष भित्रमा टोखा नगरपालिकालाई नमुना नगर बनाउने छौ :ज्ञानमाया डंगोल(उपप्रमुख,टोखा नगरपालिका )

कपन अनलाइन

काठमाडौ,पौष १९ ।

यो सामग्रीमा हामीले स्थानीय तहको निर्वाचित विभिन्न नगरपालिकाका उप प्रमुख हरुको ब्यबहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ र अन्य विविध पक्षहरुमा केन्द्रित रहेर कुराकानी गरेका छौ। यो सामग्रीमा  कपन अनलाइनका विकल  सापकोटाले टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।

कपन अनलाइन : तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि बताईदिनुहोस न ?

ज्ञानमाया डंगोल :  मेरो बुवा  ज्ञानलाल डंगोल र आमा चैतमाया डंगोलको कोख बाट २०३२ साल असर ३१ गते टोखामा  जन्मिएकी  हु र म सानै देखि कमजोरी बिरामी थिए।

खास भन्ने हो भने मैले थाहा पाए देखि बिरामी बिरामी हुँदा म मरे भनेर छोपी सकेको लास भएको थिए तर त्यो बाट बाँच्न सफल भए ।सानै देखि टाउको दुख्ने रिंगटा लाग्ने भइरहन्थ्यो।  लगभग ११ बर्षको उमेरमा नर्सरीमा पढ्न गए। लक्ष्मीपुर इंगलिस स्कुलमा भर्ना भए।  त्यहा मैले ५  कक्षा सम्म पढे  ।

त्यसपछि म २०४७ सालमा सरस्वती स्कुलमा भर्न भए ।त्यहा मैले  १०  कक्षा सम्म पढे  २०४९ सालमा एस एल सी दिए। त्यति बेला एस एल सिमा  एउटा बिषयमा ब्याक लाग्यो। त्यतिबेला अहिले जस्तो पुरक परीक्षा थिएन। एक वर्ष कुर्न पर्थ्यो।

मैले २०५० सालमा एस एल सी पास गरे।२०५० सालमा पास हुँदा त्यो स्कुल बाट टोखामा पहिलो एस एल सी पास गर्ने पहिलो महिला बनेको थिए। त्यस्तै गरि २०५१ साल देखि कलेज पढ्न सुरु गरे।

म  उच्च शिक्षा अध्ययनका लागि२०५० सालमा  बिश्व शान्ति कलेज  बाँसबारी  कलेजमा गए।  मेरो  तीन वर्षको  मेरो समय त्यतिकै खेर गयो। त्यहा बाट पास गर्न सकिन र २०५४ सालमा मनोहर  उच्च माविमा  पुन पढ्न थाले ।त्यहा बाट दुइ बर्षमा पिसिएल पास गरे।

त्यसपछि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा बि एड को लागि गए बि.एड तीन वर्ष  पढेर बि.एड पास गरे । त्यसपछि स्नातकोत्तरको लागि त्रिचन्द्र कलेजमा समाजशास्त्र बिषय लिएर भर्ना भए ।

मेरो तहगत बिषयमा तीन वटा संकाय फरक फरक रह्यो ।स्नातकोत्तर तह अध्ययन गर्दा गर्दै आमा बिरामी हुनु भयो । आमालाई हेरविचार स्याहारसुसार गर्दैमा मैले पढाईलाई  निरन्तरता दिन सकिन ।

कपन अनलाइन : राजनीतिमा कसरी आउनु भयो ?

ज्ञान माया डंगोल : राजनीतिमा म सानै उमेर देखि राजनीति भन्ने थाहा नहुँदा नहुँदै राजनीतिमा लागे। मैले  राजनीति अनेरास्ववियु बाट राजनीति सुरु गरे  र २०४७ सालमा मैले सदस्यता प्राप्त गरे र त्यस पश्चात मैले निरन्तरता दिए । राजनीति गरेकै कारणले गर्दा पार्टीले पनि मैले  मेहनत गरे अनुसार बिश्वास गरेको छ।   म मदन भण्डारी बाट प्रभावित भएको थिए।

कपन अनलाइन : टोखा नगरपालिकाको उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेर आफ्नै पहलमा के के काम भएको छ ?

ज्ञान माया डंगोल : म यहाँ उपप्रमुखको रुपमा आए पछी महिलाहरुको हक हितका लागि महिलाहरुको सशक्तिकारणको लागि पहल गरेको छु । यहा हामी आइसकेपछि गत वर्षको बाँकी रहेको बजेट बाट केहि महिलाहरुको नेतृत्व बिकासका तालिम  कार्यक्रमहरु संचालन गरेको थिए ।

त्यस्तै गरी महिलाहरुको स्वाश्थ्य स्थिति सुधारका कार्यक्रमहरु संचालन  गरिरहेको छु ।न्यायिक क्षेत्रमा  आएका मुद्दाहरुमा बार्ता र छलफल  गरेर समाधानको लागि पहल गरेको छु।

कपन अनलाइन : घर परिवार र कार्यलयमा जनताको काम गर्न समय ब्यबस्थापन कत्तिको चुनौती रहेको छ ?

ज्ञान माया डंगोल : चुनौती  रहेको छ । तर म अविवाहित महिला हु। आमा बुवाको एक्लो छोरी। मैले घरमा पनि आमा बुवालाई त्यतिकै स्याहर हेर विचार गरिरहेको छु र  कार्यलयलाइ पनि समय दिंदै आएको छु । यो उपप्रमुख पदको जिम्मेवारी बोध गर्दै काम गरिरहेको छु । यो पदको गरिमालाइ उच्च राख्दै काम गरिरहेको छु। सबैको सहयोग पाइरहेको छु।

कपन अनलाइन :कार्यसम्पादनको शिलशिलामा आग्रह पूर्वाग्रह र दवाब कत्तिको सामना गर्नु परको छ ?

ज्ञान माया डंगोल :  कहिले काही यस्तो आउने रहेछ। तर जनताको आवश्यकता अनुसार काम गर्दै जाँदा अहिले सम्म तेस्तो ठुलो  दबाब  आएको छैन। तर कहिले काही कार्यसम्पादनको क्रममा बिबिध कारणले ढिलाई भएको गुनासो यदाकदा  सुन्नु परेको छ  । काम गर्ने क्रममा न्यायिक समितिको काम भन्ने बित्तिकै अपजसको काम हो। त्यै पनि हामीले सक्दो चित्त बुझाएर अगाडी बढीरहेका छौ ।

कपन अनलाइन : अहिले सम्मको सफलतामा कसको मुख्य योगदान रहेको छ ?

ज्ञान माया डंगोल : अहिले सम्मको सफलतामा मुख्य योगदान भनेको मेरो परिवार आमा बुवा र मलाई बिश्वास गरेर यहाँ सम्म यो पद सम्म ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण टोखा नगरबासी नै हुन् ।

उहाहरुले जुन मलाई बिश्वास  गर्नु भएको छ, जुन काम जिम्मेवारी सुम्पनु भएको छ म त्यो जिम्मेवारी र बिश्वासलाइ  कायम राख्दै अगाडी बढ्न चाहन्छु।

कपन अनलाइन : अन्त्यमा नगरबासीलाई के भन्न चाहनुहुन्छ ?

ज्ञान माया डंगोल :  नगरबासीलाई म के भन्न चाहन्छु भने निर्वाचनको बेलामा हामीले भनेका  गरेका प्रतिबद्धता अनुसारनै  हामि नगरको बिकासमा लागेका छौ।

सबै काम गर्न  सकिरहेका छैनौ,  बिबिध कारणले ।तर अब विकासले गति लिन्छ  काम गर्दै जाँदा  अफ्ट्यारो हरु सामना गर्दै अघि बढेका छौ सेवाग्राहीलाई कुनै समस्या नहोस भन्ने कुरामा हामी सजग भएका छौ । नगरबासीहरु धैर्य  गर्दै सहयोग गरिदिनुहोला ।

हामीले गरेका प्रतिबद्दताहरु पुरा गर्ने नै छौ । समय लाग्न सक्छ सकारात्मक सुझाब दिनुहोला केहि समय पछाडी हामीले गरेका बिकासका कामहरु देखिन्छन भने  ५ वर्ष भित्रमा हामीले टोखा नगरपालिकालाइ नमुना नगरपालिका बनाउन तर्फ हामी अघि बढेका छौ । केहि गुनासो भएमा हामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ भन्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।