बोरिंग गरेको पानी बाटोमा छोड्दा आवागमनमा समस्या भयो (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौँ,पौष १९ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको ह्याण्ड बल ग्राउण्ड नजिकै जोरधारा खानेपानी संरक्षण संस्थाले बोरिंग सुरु गरेको छ। तर सो बोरिंग कार्य संचालन गरिरहदा त्यसबाट निस्किएको हिलो र पानीलाइ ब्यबस्थित नाली निर्माण नगरिकन सोझै बाटोमा हालिदिंदा हामी जस्तो पैदल यात्री उक्त बाटोमा आवतजावत गर्न कठिनाइ भएको छ ।
बाटो पुरै हिलो हुँदा सवारी साधन समेत दुर्घटना हुने जोखिम बढेको हुनाले सम्बन्धित निकायमा यो समस्या समाधान गर्नको लागी अनुरोध गर्दछौ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १०
ह्याण्डबल ग्राउण्ड बासीहरु
तपाइँको प्रतिक्रिया ।