शालिनदी मेलामा उठाइने गरिएको सवारी साधन शुल्क अब नलिने

शालिनदी मेलामा उठाइने गरिएको सवारी साधन शुल्क अब नलिने

कपन अनलाइन

काठमाडौं,पौष १७।

एक महिनासम्म शंखरापुरको साँखुमा चल्ने प्रसिद्ध शालिनदी मेलाको अवसरमा तीर्थालुहरूबाट उठाइने गरिएको सवारी साधन शुल्क अब नलिने निर्णय भएको छ। शंखरापुर नगरपालिकामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, इलाका प्रशासन कार्यालय साँखुका प्रमुख चन्द्रप्रसाद गैरे,शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडा,महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रकाश बुढाथोकी,शंखरापुर नगरपालिका वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ,साँखु बस व्यवसायी समितिका अध्यक्ष गोविन्द बहादुर श्रेष्ठ,सचिव एल्. पी. श्रेष्ठ तथा शालिनदी मेला व्यवस्थापन समितिका प्रतिनिधिको उपस्थिति थियो।

निर्वाचित जनप्रतिनिधिको आगमन पछि भएको यस निर्णयबाट सर्वसाधारण तथा मेला भर्न आउने भक्तजनहरूले राहत महशुस गर्ने अपेक्षा गरिएको छ।साथै यसले ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुर्‍याई मेलालाई व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास सबैले गरेका छन।

 समाचार साभार : नवराज गुरुङ
तपाइँको प्रतिक्रिया ।