श्री गोकर्ण साकोसको नवौ बार्षिक साधारण सभा सम्पन्न

श्री गोकर्ण साकोसको नवौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष १७ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको सुनगाभा व्यंगकोएटमा श्री गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  नवौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रभादेबी बज्राचार्य रहेकी थिइन भने कार्यक्रमको सभाध्यक्षता  गोपाल कर्माचार्य ले गरेका थिए । सोहि कार्यक्रममा  अतिथिहरुमा  डिभिजन सहकारीको प्रतिनिधि,  शिक्षा विद पुष्पराज भण्डारी , बचत कर्ता , शेयर होल्डर लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्था कोषाध्यक्ष प्रकाश भण्डारीले आर्थिक प्रतिबेदन लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए त्यस्तैगरी संचालक समितिका सचिब श्रीधर पौडेलले कार्यक्रम संचालन गरेका थिए  त्यस्तै गरि लेखा सुपरिबेक्षण समितिका संयोजक ले लेखा समितिको बार्षिक प्रतिबेदन पेश गरिएको थियो ।

कार्यक्रम को दोस्रो सत्रमा  निर्वाचन गरिएको थियो संचालक समिति र लेखा सुपरिबेक्षण समितिका पदाधिकारीहरुको कार्यकाल समाप्त भएकोले संचालक समिति र लेखा समिति तथा लेखा सुपरिबेक्षण समिति लगायत सम्पूर्ण समिति उपसमितिहरु भंग गरि नया आगामी कार्यकालको लागि संचालक समिति र लेखा सुपरिबेक्षण समितीका पदाधिकारीहरु निर्वाचन मार्फत चयन गरिएको थियो

कार्यक्रमको असल ऋणी ,असल बचतकर्ता ,लगायत लाइ मायाको चिनो प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।