म अहिले सम्म कुनै पनि निर्वाचनमा पराजित भएको छैन :कुसुम कुमार कार्की (प्रदेस सभा सदस्य ,काठमाडौ ४/२)

म अहिले सम्म कुनै पनि निर्वाचनमा पराजित भएको छैन :कुसुम कुमार कार्की (प्रदेस सभा सदस्य ,काठमाडौ ४/२)

कपन अनलाइन 

काठमाडौ,पौष १३ ।

काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्की संग कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

कुसुम कुमार कार्की : मेरो जन्म २०२३ साल फाल्गुन १४ गते मण्डीखाटारमा भएको हो ।मेरो चार दाजुभाइ रहेका छन्। बुवाको नाम स्व.गुण बहादुर कार्की र आमाको नाम स्व. खुरेन्द्र कुमारी कार्की हो ।

मेरो प्रारम्भिक शिक्षा बाँसबारी प्राथमिक बिद्यालय बाट भयो अहिले त्यो विद्यालय प्लस टु भयो । त्यसपछि मैले २०४१ सालतिर  शिवपुरी माध्यामिक बिद्यालय बाट एस ए ल सी पास गरे। त्यसपछि मैले पिपल्स क्याम्पस जोइन गरे। मैले कमर्स लिएर पढ्न थाले भने सेकेन्ड इयर  पशुपति क्याम्पस जोइन गरे ।

अनि स्नातक शंखरदेवमा पढे र त्यहि बाट  मैले २०५० सालमा स्नातक पास गरे त्यस पछि मलाई मास्टर टि यु पढ्ने रहर थियो। त्यतिबेला मैले त्यतिबेला नै जिम्मेवारी प्राप्त गरिसकेको थिए। त्यो बेलामा जनप्रतिनिधि भइ सकेको थिए ।मैले मास्टर पुरा गर्न सकिन बिबिध कारणले मैले टि यु जोइन मात्र गरे पुरा गर्न सकिन ।

कपन अनलाइन : तपाइको राजनीतिक यात्रा र जिम्मेवारीको बारेमा बताइ दिनुहोस न?

कुसुम कुमार कार्कीम राजनीतिको लागि नै जन्मेको हो भन्ने मलाई लाग्थ्यो। सुरुमा पनि गाउ टोलमा पनि युवाहरुको नेतृत्व गर्ने गर्थे। क्लब हरुको पनि नेतृत्व गरे  पहिला देखिनै म  राजनीति गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई बिद्यालयमा पनि एउटा त्यस्तै कक्षामा त्यहाको हेड सरले कसको  भबिष्य को लक्ष्य के हो ? भविष्यमा को के बन्ने ? भनेर सोद्द्दा मैले म पोल्टीसियन बन्छु। म राजिनिती गर्छु भनेको थिए ।

मैले महत्वपूर्ण जिम्मेवारी भनेको चाहि २०४९ सालमा महांकाल गाउ विकास समितिको उपाध्यक्ष भएर काम गरे भने २०५४ सालमा म गाउ विकास समितिको अध्यक्ष भएर काम गरे। त्यस पछि निर्वाचन भएको मैले उठ्दिन भनेको थिए।

किनभने आर्थिक रुपले अत्यन्त संकटको  अवस्था थियो । त्यति बेला सबै जन प्रतिनिधिहरुलाई बिशेष गरि एमालेका जनप्रतिनिधिहरु चाहि ब्यबसाय सित सम्बन्ध थिएन ।

त्यसपछाडी केहिन केहि नगरी बाच्न सकिन्न भन्ने अवस्था हामीले बुझेका थियौ। अनि मैले आफ्नो एउटा सानो ब्यबसाय सुरु गरे त्यस पछि मैले संगठन को काम सुरु गरे ।संगठनमा काम गर्दा  बिशेष  गरि भूगोलकै काम गरे।म  काठमाडौमा ५ वटा क्षेत्र हुँदा खेरि क्षेत्रीय कमिटिको २०५५ /५६ साल तिर क्षेत्रीय समन्वय समितिको क्षेत्रीय सदस्य थिए ।

लामो समय सम्म त्यहा बसेर काम गरे। त्यसपछि म दुइ कार्यकाल यतापट्टि पहिले मध्य इलाका भन्थ्यो जहाँ चाहि बुढानिलकण्ठ ,चपली  महांकाल खड्का भद्रकाली गाविस रहेको इलाका कमिटि थियो त्यसको म दुइ कार्यकाल सचिब भए  जुन त्यतिबेलाको हिसाबले प्रमुख हुन्थ्यो त्यसमा दुइ कार्यकाल काम गरे।

त्यसपछि काठमाडौमा १० वटा क्षेत्र भैसकेपछी म जिल्ला कमिटीमा मनोनित भए । केहि समय त्यहा बसेर काम गरे ।त्यस पछि निर्वाचन हुने अवस्था रह्यो मैले निर्वाचन नगर्नुहोस सहमति मा जाउ भने तर त्यो भएन  त्यस पछि मैले जिल्ला कमिटि कन्टिन्यु गर्ने अवस्था रहेन ।मेरो विचार फेल भयो ।त्यहा प्रतिष्पर्धा हुने स्थितिमा मैले आफुलाई आफ्नो दाबेदार प्रस्तुत गरिन ।

त्यस पछि तुरुन्त म जिल्ला कमिटीको अधिबेसन भैसकेपछी क्षेत्रीय कमिटिको अधिबेसन भयो मलाई केहि साथीहरुले क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा प्रस्तुत गर्नु भयो। मैले त्यहा निर्वाचन नै भयो त्यो २०६८ साल तिरको कुरा हो त्यहा  म अध्यक्ष निर्वाचित भए । त्यसपछि भएको दोस्रो अधिबेसनमा पनि म क्षेत्रीय कमिटिको अध्यक्ष नै भए ।

त्यस पछि अहिले भएको मंगसिर २१ गतेको निर्वाचनमा  मलाई पार्टीले  काठमाडौं ४ प्रदेश २ बाट सदस्यको उम्मेदवार उठाएको थियो र त्यसमा मैले सफलता हासिल गरे ।

मैले अहिले सम्म कुनै  निर्वाचन हारेको छैन। मैले कम्तिमा पनि १५ वटा जति निर्वाचन लडे  होला पार्टीको आन्तरिक संगठन देखि अरु ब्यबसायिक संगठनको पनि तर कुनै पनि निर्वाचनमा म पराजित भएको छैन ।म ह्युम पाइप उद्योग संघको चुनाब नै बाट अध्यक्ष भएको हु ।मलाई विस्वास छ मैले चाहेर उठेको खण्डमा म चुनाब हार्दीन ।

कपन अनलाइन : अब प्रदेश सभा सदस्यको रुपमा तपाइको प्राथमिकता के के रहने छ?

कुसुम कुमार कार्की : तीन वटा कुरा प्राथमिकताका रुपमा मैले  उल्लेख गरेको छु ।

एउटा प्राथमिकता स्थानीय स्तरमा द्देखिएका समस्याहरु बाटोको समस्या, ढलको समस्या ,खानेपानी ,फोहोर प्रदुषण आदि जुन स्थानीय स्तरमा छन्। जसलाइ हामीले निर्वाचनको बेलामा प्रतिबद्दता पनि जनाएका थियौ । हामीले हरेक ठाउमा जाँदा खेरि नागरिक संग मतदाताहरु संग भेट्दा खेरि उहाहरुको जुन अपेक्षा थियो त्यो स्थानिय समस्या हो त्यसलाई हामीले सम्बोधन गर्नु पर्छ।

दोस्रो प्रदेशको संरचना निर्माण गर्ने प्रदेशका एन कानुनहरु निर्माण गर्ने र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने हो ।

हामीलाई थाहा छ ।प्रदेशको अहिले नाम पनि  छैन, प्रदेशको अहिले ठाउ  पनि छैन ।  प्रदेशको अहिले काम पनि छैन ।केहि पनि नभएको अवस्थामा  त्यसलाई  जिरो बाट सुरु गर्नु पर्नेछ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण चुनौती पूर्ण र अत्यन्तै होस् पुर्याएर काम  गर्नुपर्ने जिम्मेवारी रहेको छ।

तेस्रो कुरा अहिले आर्थिक मुद्दालाइ सम्बोधन गर्नुपर्ने छ ।विकासलाई सम्बोधन गर्नुपर्ने छ । सुशासनलाइ सम्बोधन गर्नुपर्ने छ र  सिस्टम बसाल्ने कुरामा ध्यान दिनुपर्ने छ । यो बिषयलाई पनि अत्यन्त प्राथमिकतामा राखेर  उठाउनु पर्ने छ ।किनभने पहिलो चोटी संबिधान जनताका प्रतिनिधिहरुले सं बनएका छन।यो संबिधान हजारी भैसकेपछि पहिलो चोटी यो निर्वाचन भएको छ। प्रदेशको सवालमा त इतिहासमा पहिलो चोटी भएको हो ।

यति बेला हामीलाई चुनौती पनि छ र संग संगै अवसर पनि छ । हामीले बनाएका संरचना र सिस्टममा भोलि निर्वाचित भएर आउनेलाइ पनि चल्न पर्ने अवस्था हुन्छ त्यसले गर्दा हामीले यो तीन वटा कुरालाई संग संगै लिएर जानुपर्ने हुन्छ।

कपन अनलाइन : तपाईले प्रमुख मुद्दाहरु चाहि केके उठाउदै हुनुहुन्छ ?

कुसुम कुमार कार्की : सबै भन्दा ठुलो आर्थिक समृधि नै हो ।

त्यसलाई नै जोड गर्नुपर्छ जस्तो लाग्छ ।

स्थानीय स्तरका समस्या सम्बोधन गर्दा नगरपालिका सित  वडाहरु सित मिलेर काम गर्छौं ।

प्रदेशको संरचना पनि बन्छ ,त्यसलाई बनाउनु नै पर्छ ।

नेपालको सन्दर्भमा ठुलो बिषय हामीले ध्यान दिनुपर्ने बिषय भनेको पनि सम्वृद्दी कै हो ।

सम्वृद्दी को कुरा उठाईरहदा खेरि दुइ वटा क्षेत्रलाई मैले ध्यान दिनु पर्ने हुन्छ। एउटा म निर्वाचित भएको भूगोल मेरो कार्य क्षेत्र दोस्रो समष्टिगत प्रदेश नं ३हो ।

नीतिगत निर्णय गर्दा खेरि सिंगो प्रदेशलाइ हेरेर निर्माण गर्नु पर्ने हुन्छ। मेरो प्रदेश कार्यक्षेत्रमा बिशेष गरि चुनिखेल कपन एरियालाई टुरिजम सिटि बनाउन लागिरहेको र त्यसको एक हद सम्म खाका पनि बनाईसकेका छौ ।

छलफल पनि अघि बढाई सकेका छौ मैले भेट घाटमा पनि साथीहरुलाई यो कुरा जाहेर गरिसकेको छु ।हामी छिट्टै यसको खाका सहित अगाडी बढ्ने छौ दोस्रो त्यहि संग जोडिएर कृषिलाई पनि हामीले ब्यबस्था गर्छौ ।

कृषिलाई पकेट क्षेत्र घोषणा गरि कुनै एरिया लाइ विकास गरेर र टुरिजम सिटिमा  त्यहा उत्पादन भएका अर्ग्यानिक तरकारीहरुलाई बिक्रि गर्न सक्ने बाताबरण हामीले तयार गर्नुपर्ने हुन्छ।

संग संगै कम्तिमा हामीले सम्भवत कपनका माथिल्लो भेग र चुनिखेल चपली तिर कम्तिमा पनि ५० वटा उद्योग स्थापना गर्ने नीति निर्माण गर्नुपर्छ। त्यसको लागि पहिलो सुरु नीतिकै आवश्यक पर्दछ। मैले त्यसको एउटा खाका प्रस्तुत गरेको छु।सम्बन्धित आयोगहरुले त्यो बिषयमा छलफलमा बस्न चाहेका  छन ।

कपन अनलाइन : निर्वाचित भैसकेपछि आम जनता र मतडातालाइ के संदेश  रहेको छ ?

कुसुम कुमार कार्की : सबै भन्दा पहिला दिन रात नभनी लामो समय खट्नु भएका गठ बन्धनका नेता कार्यकर्ता ,पार्टीका सदस्यहरु समर्थक सुभचिन्तक लगायत आम मतदाताहरु जसले भोलि गएर यसले भूमिका निर्वाह गर्न सक्छ भनेर बिश्वास गर्नु भयो उहाहरु सबैलाई धन्यबाद दिन चाहन्छु ।

अनि उहाहरुलाई अनुरोध पनि गर्न चाहन्छु जिताएर मात्र पुग्दैन भोलि काममा पनि साथ् दिनु पर्छ।

मैले ल्याउने विचारमा पनि साथ् दिनुपर्छ ।बिस्वास गर्नुपर्छ संगसंगै नया बिचार छ यो विचारले यसरि जान सक्छौ भनेर यहाँ रहेका बिद्द्वान र अनुभबी व्यक्तिहरु जो आफ्नो ठाउमा बसेर कर्मचारीको रुपमा, व्यक्तिको रुपमा,  ब्यबसायीको रुपमा खरिएर काम गरेको अनुभब संगाल्नु भएको छ उहाहरुलाई पनि म अनुरोध गर्न चाहन्छु ।त्यस्ता विचार अगाडी ल्याइदिनु पर्यो हामी राम्रा बिचार लाइ हामि बोकेर जान्छौ ।

नागरिकहरुले सपोर्ट गर्नुपर्ने अवस्था छ त्यसैले नियमित भेटघाटलाई हामीले अत्यन्त महत्व दिएका छौ  ।म अहिले एउटा समय भेटघाटमै छु ।तर सिंगो एरिया घुमिरहदा एक महिना चाहि लाग्छ। हिजो हामी निर्वाचनको बेलामा पुरै समय त्यसमा दिएर लाग्दा पनि एक महिना लागेको थियो।

तसर्थ म सकारात्मक तरिकाले सपोर्ट गर्ने कुराको अपेक्षा पनि गर्छु । अन्तमा मलाइ जनताले जुन बिश्वास ब्यक्त गर्नु भएको छ सबैलाइ धन्यबाद दिन चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।