समानुपातिक नामावली टुंगो लगाउँदै राजपा

कपन अनलाइन

काठमाडौं, १३ पौष । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बैठकमा मुख्यतः चुनावी समिक्षा र समानुपातिकको नामावली टुङ्गो लगाउने विषयमा छलफल हुनेछ ।

प्रवक्ता डिम्पल कुमारी झाका अनुसार बुधबारबाट सुरु भएको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा भइरहेको छ । समानुपातिकको नाम टुंगो लागेपछि मात्रै सरकार गठनको विषयमा छलफल हुने राजपा नेताहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।