नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जय बहादुर लामा नेपाली कांगेसमा प्रवेस

नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जय बहादुर लामा नेपाली कांगेसमा प्रवेस

कपन अनलाइन

काठमाडौ,पौष १० ।

नेपाल कम्युनिष्ट पार्टी  माओबादी केन्द्रका जिल्ला सदस्य जय बहादुर लामा नेपाली कांगेसमा प्रवेश गरेका छन।उनलाई माननीय गगन कुमार थापाले टिका लगाइ पार्टी प्रवेश गराएका थिए।

त्यस्तै गरि सोहि कार्यक्रम बुनपा ११ का मदन लामा मैत्री डोल्मा लामा र निरु घिसिंग  पनि नेपाली कांग्रेसमा प्रवेश गरेको कुरा नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ११ इकाई सभापति  राधेश्याम कार्कीले कपन अनलाइन लाइ  बताए ।

नेपाली कांग्रेस प्रवेश गरेका जय बहादुर लामा संग कपन अनलाइनले गरेको संक्षिप्त कुराकानी यहा प्रस्तुत गरिएको छ ।

कपन अनलाइन : किन नेपाली कांग्रेस प्रवेश गर्नु भयो ?

जय बहादुर लामा : हाम्रो बुवाहरु पनि नेपाली कांग्रेसनै हुनु हुन्थ्यो मा पनि पुरानो आफ्नै घर फर्किएको छु । माओबादी लामो समय काम गरे पार्टीको जिम्मेवारीमा रहेर काम तर त्यहाको उकुस मुकुस सहन सकिन त्यसैले म नेपाली कांग्रेसमा प्रवेश गरेको छु ।

कपन अनलाइन : बाम गठबन्धन भएर निर्वाचनमा जाँदा  तपाईले कसरी  सहयोग गर्नु भयो त्यतिखेर तपाई नेपाली काग्रेसमा प्रवेशगर्नु भएको थिएन ?

जयबहादुर लामा : नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओबादी केन्द्रका जिल्ला सदस्य भएर काम गरे त्यति खेर पनि मलाई गगन थापा मन पर्थ्यो मैले पार्टीलाई पनि सहयोग त  गरे तर मलाई गगन थापा जस्तो युवा व्यक्ति  देशको लागि चाहिने व्यक्ति भएको हुनाले मैले निर्वाचनमा पनि उहालाई नै  सहयोग गरेको थिए  ।

कपन अनलाइन : निर्वाचन अघि तपाई किन नेपाली कांग्रेस प्रवेश नगरिकन  निर्वाचन पश्चात नेपाली कांग्रेस प्रवेश गर्नु भयो केहि लोभ लालचले हो की ?

जय बहादुर लामा : म लोभ लालच भन्दा पनि लोभ लालच केहि होइन  पार्टीमा भएको उकुस मुकुसको अवस्था र मेरो बुवाहरु पनि नेपाली कांग्रेसमा नै आस्था राख्नु हुन्थ्यो लामो समय माओबादीमा रहेर केहि पनि विकास नभएको देखेर र नेपाली कांग्रेसको  सिद्दान्त राम्रो लाग्यो र नेपाली काग्रेसको आस्था र बिश्वास राखेर म पनि यो पार्टीमा बसेर काम गर्न इच्छा राखेको थिए ।चुनाब अघि नै पार्टी प्रवेश गर्ने योजना थियो बिबिध कारणले त्यो सम्भब नभएपछि अहिले पार्टी प्रवेश गरेको हु ।

कपन अनलाइन :  अब तपाइको भूमिका के रहन्छ ?

जय बहादुर लामा : अब आफ्नो भनौ  आफु बाट पार्टीलाई गर्न पर्ने  सहयोग निरन्तर पार्टीमा लागेर विकास निर्माणका कुराहरु देखेर सम्पूर्ण कुरामा निरन्तर अघि बढ्नेछु  पार्टीले दिएको जिम्मेवारी इमान्दारी पुर्बक निर्वाह गर्दै अघि बढ्ने छु  सबै संग समन्वय गर्दै अघि बढ्ने छु ।

तपाइँको प्रतिक्रिया ।