ट्युनिसियाद्वारा युएईको विमान अवतरणमा प्रतिबन्ध

ट्युनिसियाद्वारा युएईको विमान अवतरणमा प्रतिबन्ध

कपन अनलाइन 

एजेन्सी, १० पुस ।  ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो ।

ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए । यो घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बताइएको छ ।

कानुनको पालना तथा अन्तराष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ । तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।