प्रहरी वृत्त बौद्धका नायव उपरिक्षक मनोजकुमार के.सी. सँगको अन्तर्वार्ता

प्रDSC_0147हरीबाट हामीले के पाइरहेका छौं वा पाउनेछौं भन्ने कुराको उत्तर सजिलै दिन नसकिए पनि प्रहरी बिनाको समाज हामी कल्पना गर्न सक्दैनौं । कपनमा हामीलाई अझ ३–४ वटा प्रहरी बिटहरु बढाउन पाए हुन्थ्यो जस्तो लागिरहेको छ  । कपन प्रहरी प्रभागमा इन्स्पेक्टरको दरबन्दि कहिले आउला भनेर पर्खिबसिरहेका छौ हामी । यहि प्रशंगमा यतिखेर कपनमा प्रहरीलाई खटनपटन गर्ने बौद्ध प्रहरी वृत्तमा उर्जाशिल र वौद्धिक प्रहरी नायब उपरिक्षक कार्यरत छन्– मनोजकुमार के.सी. । के.सी. वौद्ध वृत्तमा आएपछि यस भेकका धेरै समस्या न्यूनिरकरण भएको मानिन्छ । कपन अनलाइनले उनीसँग उनकै कायकक्षमा गएर वार्ता गरेको छ ।

नुवाकोटको तुप्चे पुख्र्यौली घर भएका मनोज कुमार के.सी. अध्ययनशिल र बौद्धिक  व्यक्तिको रुपमा उनका समकालिनमा पनि परिचित छन् । उनले  त्रिचन्द्र कलेजबाट बि एससि तथा सोसियोलोजीमा मास्टर्स गरेका छन् भने जनप्रशासन कलेजबाट एमपिए पनि गरेका छन् । त्यसैगरी  कन्फ्लिक्ट म्यानजेमन्टमा कम्बोडियाबाट मास्टर्स गरेका के.सी.ले कन्फ्लिक्ट म्यानजेमन्ट विषयमा पुस्तक पनि लेखेका छन् । कपन अनलाइनका सम्पादक केशव पाठकसँग उनले गरेको ३० मिनेट सुरक्षा वार्ता गरेका छन् ।

 

  • कपन अनलाइनः शान्ति सुरक्षाको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो । तपाइँले सम्हालेको वृत्तको माताहातको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?

मनोजकुमार के.सी.ः शान्ति सुरक्षा हाम्रो समाजको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । बौद्ध भेक विगतदेखि नै शान्ति सुरक्षाको दृष्टिकोणमा अलि चुनौतिपूर्ण छ भन्ने कुरा सुनिँदै आइएको पनि हो । म यहाँ आएपछि केही २–४ ठाउँका घटनाहरुबाहेक सहरको अन्य भेकको भन्दा पृथक अवस्था यहाँको देखिन । यद्यपि सुरक्षाको कुरा गर्दा यो भेकमा बसाई सराई गरेर आउनेहरुको ठूलो चाप भएका कारणले सुरक्षाका कुराहरु पनि फरक छन् नै ।

  • कपन अनलाइनः फ्रि–टिबेटका पक्षधर अलि बढि बसोबास गर्ने क्षेत्रको रुपमा चिनिने भएकोले यो संवेदेनशिल क्षेत्र त हो नि, हैन र ?

मनोजकुमार के.सी.ः हो, फ्रि–टिबेटको हिसाबले अन्तर्राष्टिय चासोको क्षेत्र पनि हो यो । नेपालको नीतिका कारण पनि संवेदनशिल नै मानिन्छ । संवेदनशिल क्षेत्रमा आमरुपमा शान्ति सुरक्षा सुदृढ बनाइएको हुन्छ ।

  • कपन अनलाइनः तपाईं यस वृतको प्रमुख भएर आए पछि के त्यस्ता महत्वपूर्ण कामहरु भए होलान् ?

मनोजकुमार के.सी.ः म आएपछि सबैभन्दा पहिले यहाँको चुनौतिहरुलाई सर्वे तथा विश्लेषण गर्ने काम भयो । यहाँ देखिएका समस्याहरुको हल गर्नका लागि हामीले योजना बनायौं । समस्या समाधान गर्ने कामहरु कतिपय कार्यान्वयनका चरणमा छन् भने कतिपय निकट भविष्यमा कार्यान्वयन गर्ने तयारी गरिरहेका छौं । यो बौद्ध वृत्त र यसका इकाइलाई अध्ययन गर्दा केही यहाँका मौलिक स्वरुप र यसबाट परिरहेको असरलाई हामीले सम्बोधन गर्ने प्रयास गरेका छौं  । पहिलो कुरा, बौद्ध क्षेत्रमा अन्य क्षेत्रकोभन्दा फरक धार्मिक तथा सांस्कृतिक जीवन रहेकोले यही सांस्कृतिक पक्षबाट पनि केही अपराध हुने गरेको पाइन्छ । त्यसैले मैले यहाँ सुरु गरेको काम भनेको यी भेकमा रक्सि वा मादकपदार्थ बेचबिखनबाट हुने घटनाहरु बिरुद्ध एयष्अिभष्लन  ायच ःभतबायचभ  अभियान सुरु गर्यौं । जसले धार्मिक आस्थालाई मर्न नदिइकन अपराधलाई कन्ट्रोल गर्ने काम गर्दछ । यसमा पनि हामीले महत्व दिएका विषय भनेका ३० वर्षभन्दा कम उमेरका मानिसले मादक पदार्थ सेवन गर्दा तिनिहरुबाट अपराध बढि हुन सक्छ । त्यसैले भट्टिजन्य मदिरापसललाई व्यापक निगरानी गरियो र अहिले त्यो समस्या न्युनिकरण भएको छ । पहिला पहिला पनि यस्तो निगरानी गर्ने काम त हुन्थ्यो तर अहिले अहिलेचाहिँ यसरी भट्टि चलाउनेहरुको एउटा युनिट बनाएका छौं । उहाँहरुले हामीले बनाएको ६ वटा गाइडलाइन्स बनाएर सांस्कृतिक रुपमा प्रयोग गरिने रक्सि बाहेक अरुलाई निषेध गरेका छौं । नयाँबस्तिहरुमा यहाँहरुले पनि याद गर्नुहोला प्रत्येक भट्टिमा गाइडलाइन्स टाँसिएको पनि छ । हामीले यी भट्टीहरुलाई अनुगमन पनि नियमित गरिरहेका छौं ।

  • कपन अनलाइनः हाम्रो समाजमा अहिले एउटा मानिस चोर, डाँका वा बलात्कारी हुनुसँगै उ कहिँकतै कुनै दल विशेषको मानिस पनि हुन्छ । राजनीतिक दलबाट समस्याहरुमा प्रभावित पार्न सकिने घटना प्रशस्त पाइन्छ । यहाँले गर्नु भएको अनुभव कस्तो छ ?

मनोज कुमार के.सी.ः कुनै मानिसलाई अन्याय पर्ला वा यसलाई छोडिदिनु पर्छ भन्ने कुराहरु सूचनाको तहमा भनिनुलाई म अन्यथा मान्दिन । अब यहि सूचनालाई दवाबकोरुपमा मैले लिने कि नलिने भन्ने कुरा हो । कहिलेकाहिँ यहि सूचना दवाबको रुपमा आउन पनि सक्छ । तर मलाई दवाब दिने अवस्था पनि आएको छैन र म दवाबमा प्रभावित पनि हुन्न । यो हाम्रै समाज हो त्यसैले यो मेरो मानिस हो भनेर आउनेहरुलाई मैले दवाबको रुपमा लिँदै लिन्न ।

  • कपन अनलाइनः हरेक मानिसका आफ्ना राजनीतिक वा जीवनको सिद्धान्त हुने गर्दछ । प्रहरी पनि यहि समाजको मानिस हो उसको पनि देखाउन नमिले पनि सिद्धान्त हुन्छ नै । आफ्नो आइडोलोजीका कारणचाहिँ अरु दलका मानिसलाई अन्याय र आफ्नो दलका मानिसलाई न्याय हुने सम्भावना कतिको हुन्छ ?

मनोेजकुमार के.सी.ः कहिँ कतै मानिसमा एउटा सिद्धान्तको असर हुन सक्ला तर जुन पेशामा म छु दल विशेष, जात विशेष वा धर्म विशेषका कारणले यो पेशाबाट नकारात्मक सन्देश जानु हुँदैन भन्ने मलाई लाग्दछ । यसमा स्वभावतः प्रहरी भएको नाताले बढि नै सचेतता अपनाइन्छ । कानुनलाई मान्ने र मनाउन अभिप्रेरित गराउने रोल हाम्रो भएकोले पार्टी विशेषको कुराले हामीलाई छुने गर्दैन । छुनु पनि हुँदैन ।

  • कपन अनलाइनः जनताचाहिँ दाँजेर हेर्ने स्वभावको हुन्छ । पहिलेको डिएसपि यस्तो थियो अहिलेको डिएसपि यस्तो छ भनेर दाँज्छ उसले । यहाँ यस वृत्तमा आएपछि केही फरक त्यस्तो काम भयो होला जसले जनता केही हुँदैछ भनेर सन्तुष्ट हुन सकोस् ।

DSC_0156मनोजकुमार के.सी.ः घटनाका तथ्यांक नै हुन् बोल्ने विषय भनेको । तथ्यांकका आधारमा भन्नुपर्दा पहिला–पहिला भन्दा अहिले कम क्राइम भएको छ । क्राइम पनि दुई किसिमको हुने गर्दछ, रिपोर्टेड र अनरिपोर्टेड । रिपोर्टेड क्राइमको कुरा भन्नुपर्दा पहिलेभन्दा अहिले घटेको मात्र हैन धेरैमात्राले घटेको छ । कसरी घटना घटे भन्ने कुराहरु आउन सक्ला । हामीले यस्ता समस्या घटाउन विभिन्न प्रयासहरु गरेका छौं । हामीसँग भएको म्यानपावरलाई अधिकतम सदुपयोग गर्ने गरिएको छ । हामी यतिखेर चावहिलदेखि जोरपाटीसम्म सिसिटिभि जडान गरेर परिक्षण सुरु गरेका छौं । यो नेपाल प्रहरीको नेटवर्कमा नेपालभरीकै सबैभन्दा राम्रो हाइडिफिनिसन क्यामरा भएको सिसिटिभि निगरानी कार्यक्रम हो । यहाँ ३५ भन्दा धेरै क्यामराहरु हुने गर्छन् ।  चाँडै नै यी क्यामराहरु पूर्णरुपमा चल्न थाल्नेछन् । क्राइम घटबढ भैरहने हुँदा यस्ता स्थायी चिजहरुमा हामी फोकस भयौं भने सुरक्षा प्रत्याभूE0

तपाइँको प्रतिक्रिया ।