रामकृष्ण के.सी. माथि सांघातिक आक्रमण

DSC_0754कपन अनलाइनकपनको राजनीतिक तथा सामाजिक जीवनका प्रभावशाली व्यक्ति रामकृष्ण के.सी. माथि सांघातिक आक्रमण भएको छ । हिजो राती ९ बजे कपन ३ आकाशेधारा छेउमा आफ्नो निवास जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट उनको खुट्टा भाँचिएको र गर्धनमा चोट लागेको पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारीले कपन अनलाइनलाई बताए ।

 

नेपाल ह्याण्डबल एशोसियसनका केन्द्रिय उपाध्यक्षसमेत रहेको के.सी. कपन नेपाली कांग्रेसका नेता पनि हुन् ।  राती ९ बजे घर गैरहँदा एउटा केटा(रामचन्द्र कार्की) बाटो छेकेर बसेको थियो । के.सी.ले त्यो केटालाई बाटो नछेक भन्दा त्यस केटाले के.सी.लाई गाली गलौज गरेपछि स्थानीयहरुले निजलाई लघारेका थिए ।  पछि उसले छिमेकी सरस्वतिनगर बस्ने केटाहरु बोलाएर आक्रमण गर्न लगाएको बुझिन आएको कपन प्रहरी प्रभागका सहायक निरिक्षक शरद् भट्टराईले कपन अनलाइनलाई भने ।

 

प्रहरीले रामकृष्ण कार्कीमाथि आक्रमणका लागि केटा बोलाउने रामचन्द्र कार्कीलाई हिजो राति नै पक्राउ गरेको छ भने बाँकी ३ जना हेमन्त, बसन्त र अजय नामको आक्रमणकारी पहिचान भैसकेको र चाँडै नै पक्राउ पर्ने सहायक निरिक्षक भट्टराइले बताए ।  प्रारम्भिक अनुसन्धानमा हेमन्त, बसन्तलगायतका केटाहरु पशुपति कलेजमा विद्यार्थी भएको देखिएको पनि भट्टराईले बताए ।

राति भएको आक्रमणपछि रामकृष्ण के.सी.लाई ओम हस्पिटलमा उपचार गराएर ल्याइएको थियो । आज खुट्टा भाँच्चिएको हुनाले अर्थाेपेडिक हस्पिटलमा लैजाने तयारी भएको के.सी.का छोरा रंजित के.सी. ले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।