मावी दरवन्दी विना कहिले सम्म संचालन होला बालउद्दार मावी बुनपा १० ?
कपन अनलाइन
काठमाडौ,पौष ४।
बुढानिलकण्ठ नगरपालिकामा रहेका सार्वजनिक विद्यालयहरुमा बालउद्दार मावी भौतिक र शैक्षिक पूर्वाधारमा निकै अब्बल र सुविधा सम्पन्न विद्यालय हो ।यहाँ शैक्षिक पूर्वाधार भन्नाले यस विध्यालयमा पठन पाठन हुने विषयहरु भनिएको हो ।
करिव १५४४ विद्यार्थी अध्ययन गर्ने यस विध्यालयमा अहिले सम्म कुनै पनि माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकको दरवन्दी नरहेको भन्दा धेरैले आश्चर्य मान्ने गरेका छन ।
यो विद्यालय माध्यमिक भएको निकै बर्ष वितिसकेको छ त्यस विचमा अर्जुन पौडेल प्रधान अध्यापक बनेर आउदा आएको मावी दरवन्दी उनको बहिर्गमन संगै हटेको थियो ।त्यस पश्चात बनेका विधालय समितिले पनि यस विषयमा गम्भीर गृहकार्य नगरेको देखिएको छ किनकी काठमाडौंको मुटुमा रहेको यति महत्वपूर्ण शैक्षिक संस्थामा दरवन्दी कायम गर्नु ति समितिहरुका लागि पक्कै ठुलो कुरा थिएन।
धेरै विधार्थीको भविष्य संग जोडिएकोयो शैक्षिक संस्था अहिले निमाविमा दरवन्दी रहेका कामु प्रधान अध्यापकको नेतृत्वमा २०७१ शाल देखि चलेको छ ।
किन दरवन्दी कायम भएन भन्ने प्रश्नमा कामु प्र अ होम प्रसाद वाग्लेले दरवन्दी कायम रहेको तर शिक्षा कार्यलयले शिक्षक नपठाएको बताए ।अहिले यस विद्यालयमा ३ जना मावी शिक्षिक काजमा कार्यरत रहेका छन भने अन्य तहमा २ जना रहेका छन ।
यस विध्यालयमा अहिले ३ जना सहायक प्रधान अध्यापक रहेका छन जसमा २ जना प्राथमिक तहमा दरवन्दी रहेका शिक्षक छन भने १ जना मावी राहत दरवन्दीमा रहेका छन ।यस विधालयमा अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षता जेष्ठ सदस्यले गर्ने गरेका छन भने समितिमा अध्यक्ष चयन हुन् सकेको छैन ।
लामो समय देखि स्थानीय राजनीतिक दलहरुको राजनीतिक क्रिडास्थलको रुपमा रहेको यस संस्थाको स्वाभाविक विकासमा यस्ता प्रवृतिले निकै असर परेको सो विद्यालयका एक शिक्षक बताउछन ।कायम मुकायम प्रधान अध्यापक हुदा काजमा आएका मावी तहका शिक्षकलाई कार्य सम्पादन फारममा अंक दिन समेत कानुनी समस्या पर्दै आएको छ भने नियमित कार्य सम्पादनमा पनि समस्या पर्दै आएको ति शिक्षकले बताए ।
बुढानिलकण्ठ नगरपालिकाको सुविधा सम्पन्न र ठुलो सार्वजनिक शैक्षिक संस्थामा देखिएको यस्तो समस्या समाधानमा जनप्रतिनिधि,राजनीतिक दल र सरोकारवाला पक्षले तदारुकता र चासो नदिनुलाई अभिभावक र स्थानीय हरुले गम्भीर रुपमा लिएको एक अभिभावकले बताए ।
यस विधालयको शैक्षिक र भौतिक विकास गर्दै नगरपालिकाको नमुना शैक्षिक संस्था बनाउन यथासिघ्र मावी दरवन्दी कायम गरी बहुवर्षीय विद्यालय सुधार योजना निर्माण गर्नु पर्ने ति अविभावकले बताए ।