बुनपा १२ र माता नवदुर्गा स्वास्थ्य संस्था विच भवन उपयोग विवाद
कपन अनलाइन
काठमाडौ,पौष ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र माता नव दुर्गा स्वास्थ्य संस्था बुनपा १२ विच भवन उपयोग बारेमा विवाद चर्किएको छ । माता नव दुर्गा स्वास्थ्य संस्थाले धार्मिक महा यज्ञ लगाएर स्वास्थ्य केन्द्र संचालनको लागि स्थापना गरिएको भवन स्थानीय तहको निर्वाचन पश्चात वडा कार्यालयले पनि संचालन गर्दै आएको थियो ।
स्थापना काल देखि नै सो भवनमा क्रियापुत्री हरुका लागि भुइँ तला प्रयोग गरिदै आइएको छ भने अन्य कोठाहरुमा वडा कार्यालय तथा स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । भवनका केहि कोठाहरु अहिले भाडामा लगाइएको छ ।
अहिले सो भवन उपयोगका वारेमा बुढानिलकण्ठ नगरपालिकाले स्वास्थ्य संस्थालाई पत्र काटेर बोलाए पछी वडा कार्यालय र संस्था विच विवाद सृजना भएको हो ।
अहिले वडा कार्यालयले ३ वटा कोठा प्रयोग गर्दै आएको र यस भवनको प्रमुख उदेश्य वडा कार्यालय मातहतको वा निजि प्रयोजनको स्वास्थ्य संस्था संचालन गर्ने रहेको संस्थाका सचिव पुष्कर चालिसेले बताए । यस भवनका केहि कोठाहरु वडालाई प्रयोग गरेर सेवाग्राही लाई सजिलो बनाउदा अहिले वडाले अन्य कोठा समेत माग्दा संस्थाको ध्यानाकर्षण भएको उनले बताए ।
यस भवनको भोगचलन प्राप्त हुदा नै स्वास्थ्य प्रयोजनका लागि भएकोले त्यसमा वडाले समेत ध्यान पुर्याउनु पर्ने चालिसेले बताए । बृहत जनसहभागितामा सप्ताह मार्फत रकम संकलन गरेर बनाएकोले यसमा विवाद गर्नु नहुने उनको धारणा रहेको छ ।
यस विषयमा बुझ्दा वडा नं १२ का अध्यक्षले पत्र पठाएको स्वीकार गर्दै यस भवनमा अहिले प्रयोग गर्दै आएका ३ वटा कोठा अपुग भएकोले हाल भाडामा लगाएका कोठा खाली गरि कार्यालय प्रयोजनमा लगाउनका लागि पहल थालिएको बताए । वडाको सार्वजनिक सम्पतिमा कार्यालयको हक र स्वामित्व रहने उनको भनाइ छ ।
वडामा कुनै पनि भवन निर्माण गर्न योग्य सार्वजनिक स्थान र भवन नभएको अवस्थामा यस किसिमको विवादले जनतामा अन्यौल सिर्जना गरेको एक स्थानीयले बताए । यस्ता कुराहरुले जनतामा राम्रो संदेश नजाने उनको धारणा छ ।