महिलाहरुको प्रारम्भिक कम्प्युटर तालिम कार्यक्रम सम्पन्न

महिलाहरुको प्रारम्भिक कम्प्युटर तालिम कार्यक्रम सम्पन्न

DSC_0592कपन अनलाइनकपन गाविसको आयोजनामा कपन संयुक्त महिला समूहले कपन गाविसमा संचालन गरेको प्रारम्भिक कम्प्युटर तालिमको आज एक समारोहका बीच समापन गरियो । कपन क्षेत्रका ४ वटा महिलासमूहहरु महिला मैत्री समूह, गौरी शंकर महिला समूह, दीपज्योति महिला समूह र अग्रसर मिला समूहले संयुक्तरुपमा संचालन गरेको यस तालिममा कपनका साक्षर र कम्प्युटर नजान्ने महिलाहरु सहभागि थिए । कपन गाविसद्वारा महिलाका लागि छुट्याइएको लक्षित वर्ग बजेटअन्र्तगत आयोजित यस तालिममा ३० जना महिला सहभागि थिए ।

 

DSC_0591कपन गाविसका सचिव लोमस आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा गाविसका अनुगमन समितिका सदस्यहरुसाथै स्थानीय राजनीतिक दलहरुका प्रतिनिधि पनि सहभागि थिए । कार्यक्रममा बौल्दै प्रमुख अतिथि लोमस आचार्यले गाविस सदैव यहाँका महिलाहरुको शीप तथा बौद्धिक विकासमा सहयोग गर्न तत्पर भएको बताए । यस कम्प्युटर तालिमा कार्यक्रमकी संयोजक संचिता लुइँटेलले यस कार्यक्रमबाट गृहणी महिलाहरुले कम्प्युटरजस्तो प्राविधिक ज्ञान आर्जन गरेकाले यसको अधिकतम सदुपयोग गर्ने बताइन् । कार्यक्रम कपन ३ स्थित मिलनचोक पार्टी भेनुमा आयोजना गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।