वर्षभरीका उत्कृष्ट फोटोहरुको विशेष प्रर्दशनी शुरू

DSC_0071कपन अनलाइनदेशभरी यो वर्ष खिचिएका सर्वाेत्कृष्ट फोटोहरुको प्रदर्शनी शुरु भएको छ । बबरमहलस्थित आर्ट ग्यालरीमा आजबाट शुरु भएको विशिष्ट फोटोहरुको प्रदर्शनीको उपराष्ट्रपति झाले एक कार्यक्रमकाबीच सुभारम्भ गरे । देशभरीका व्यवसायिक फोटोग्राफरहरुको क्लब पिजे क्लबले यस कार्यक्रमको आयोजना गरेको हो । पिजे क्लबले हरेक वर्ष आयोजना गर्ने यस्तो कार्यक्रममा देशभरीका फोटोग्राफरहरुले खिचेका उत्कृष्ट फोटोहरुलाई प्रदर्शनी गरिने गरिन्छ ।

 

DSC_0084

 

 

पिजे क्लबले हरेक वर्ष यस्ता फोटोहरुलाई प्रदर्शनीमा राख्नु पूर्व केही महत्वपूर्ण क्याटागोरी बनाएर प्रतियोगिता आयोजना गर्ने गरेको छ । जसमा हरेक क्याटागोरीमा प्रथम, द्वितीय र तृतीयलाई नगदसहितको सम्मानपत्र प्रदान गर्ने गरिएको छ । फोटो पारखी, फोटोग्राफी सिक्नेहरुको भीडका बीच उपराष्टपति परमानन्द झाले प्रतियोगितामा भाग लिएर पुरस्कृतहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रदर्शनी कार्यक्रम आगामी आसार ३० गते आइतबारसम्म संचालन हुनेछ । कपनबाट यस विशिष्ट कार्यक्रममा जान इच्छुकहरुका लागि कपन अनलाइनले निशुल्क पासको व्यवस्था गरेको छ ।

तपाइँको प्रतिक्रिया ।