आधारशिला समूह कपनले गरेको कार्यक्रममा ९९ जनाले रक्तदान गरे

आधारशिला समूह कपनले गरेको कार्यक्रममा ९९ जनाले रक्तदान गरे

कपन अनलाइनकपनको सबैभन्दा पूरानो क्लब आधारशिला समूहले आज शनिबार आयोजना गरको बृहत रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका छन्  । युवाहरुलाई सामाजिक जिम्मेवारीमा अग्रसर गराउने पहलस्वरुप आयोजना  गरिएको यो कार्यक्रम  कपन ६ स्थित आधारशिलाको प्रांगणमा बिहान १० बजेबाट आयोजना भएको थियो  ।

 

100955129956[1]सबैभन्दा पूरानो क्लबलाई अझै सक्रिय तथा क्रियाशिल बनाउन आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम  कपनमा सबैभन्दा सफल रक्तदानमध्ये एक भएको छ । धेरै समयदेखि कपनमा आयोजित रक्तदान कार्यक्रममा ७५ जना भन्दा बढिले रक्तदान गर्न सकेका थिएनन् ।

 

रक्तदान कार्यक्रमको अवसर पारेर संस्थाले केहि संस्थापक सदस्य पनि संस्थामा भित्र्याएको छ । रक्तदानको अवसर पारेर आत्माराम पौडेल,रामकृष्ण के.सी, केशव ढकाल, राजाराम बुढाथोकी, बिनोद पौडेल, बिनोद चालिसे आधारशिला समुहको संरक्षक बनेका छन् । उनिहरूले जनही ५,००० संस्थालाई दिएर संरक्षक बनेका हुन् ।

सफल रक्तदान पश्चात आधारशिला समूह अरू बिभिन्न सामाजिक कार्यक्रम संचालनको  लागेको संस्थाका अध्यक्ष राधेश्याम कार्कीले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।