इच्छा र रुची भयो भने कुनै कुरा असम्भव छैन :कान्छीमाया तामांङ (सगरमाथा आरोही )

इच्छा र रुची भयो भने कुनै कुरा असम्भव छैन :कान्छीमाया तामांङ (सगरमाथा आरोही )

कपन अनलाइन 

काठमाडौ, पौष २ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल नेपालमा रहेको  तामाङ समुदायकी प्रथम  तामाङ चेली हुन्।  कान्छीमाया तामाङ। उनले २० मे २०१७ को बिहान ६ बजे उक्त चुचुरो टेकेकी थिइन् । उनी नेपालको पहिलो तामाङ सगरमाथा आरोही बन्न सफल भएकी थिइन् । उनी सिन्धुपाल्चोक भोतांङकी हुन् ।

उनी भन्दा अगाडि दुइजना तामाङ चेलीहरुले सगरमाथा चढी सकेका छन्। भारत, सिक्किमका फुलमाया तामाङले २२ मे २००८ मा र दार्जिलिङकी सुलक्षणा तामाङले २१ मे २०१६ मा सगरमाथाको सिखर चुमेकी थिइन्।

तामांग समुदायकी प्रथम महिला सगरमाथा आरोही कान्छी माया तामांग संग पर्वत आरोहण संग केन्द्रित रहेर कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तपाईको पारिबारिक पृष्ठभुमि बताईदिनुहोस न ?

कान्छीमाया तामांङ : म सिन्धुपाल्चोक भोतांङ  हाल  पाँचपोखरी थान्ग्पाल  गाउपलिका वडा नं ३ मा सन् १९८८ अक्टोबर ११ मा  आमा  स्व. मिश्री तामांग बुवा  लक्ष्मीमान  तामांग बाट जन्मिएको हूँ ।मेरो प्रारम्भिक शिक्षा १ देखि ५ सम्म गाउमै श्री बोथांग देबी  प्राबीमा पढे त्यति बेला प्राबी मात्र थियो त्यसपछि माबी श्री चिलाउने माबी थम्पाल्कोट मा निमाबि तह सम्म त्यहा  बसेर पढे अनि माबीको लागि थान्ग्पालधाप  माबी बाट एस.एल सी सम्म पढे ।उच्च शिक्षा लिन मन भए पनि विभिन्न  कारणले गर्दा पढाई अधुरो नै छोड्नु पर्यो ।

कपन अनलाइन : पर्वत आरोहणमा कसरी आकर्षित हुनु भयो र को बाट प्रेरणा हौसला पाउनु भयो  ?

कान्छी माया तामांङ : सानै देखि बिद्यालयमा हुदा पासाङ्ग ल्हामु शेर्पाको बारेमा पढ्ने गरेको सगरमाथाको बारेमा पढ्ने गरेको र त्यति बेला नै मनमा एक दिन म पनि त्यसको टाकुरामा पुग्छु भन्ने मनमा लागेको थियो ।

त्यो सोच मैले सानै उमेर देखि बनाएको थिए र यस्तै डेढ वर्ष जति भयो पर्वतारोहणमा लागेको मैले पर्वत आरोहणको अवसर पाउनुमा बिश्व प्रसिद्ध पर्वत आरोही पेम्बा दोर्जे शेर्पा संग चिनजान भयो उहालाई म गुरु मान्छु उहानै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ उहाले मेरो हरेक कुरालाई सुझाब सहित साथ दिनुभयो ।

कपन अनलाइन : पर्वत आरोहण भने पछी आफैमा सहासिक कुरा हो सामान्य जो कोहि व्यक्तिले त्यतिकै गर्न सक्दैनन् त्यसको लागि अथक मेहेनत परिश्रम सहित तालिमको आवश्यक रहन्छ त्यो तालिम अनि साहस कहाँ बाट आयो ?

कान्छी माया तामांङ : अवस्य पनि पर्वत आरोहण जो कोहिले गर्न सक्दैन त्यसको लागि दृढ इच्छाशक्ति हौसला अनि तालिम आवश्यक हुन्छ सुरुमा मैले २०१६ को अक्टोबर मा ६ हजार मिटरको मेरापिकको लागि गएको थिए।

त्यति बेला मैले खासै तालिम गरेको थिइन् म त्यतिकै गए उहाहरुको ग्रुप संग जाँदा खेरि मैले म्यारापिक चढ्न सफल भए पछि म आरोहणमा म सक्षम छु भन्ने भुजे र मैले फिजीकल तालिम आफै गरे आफैले सिके त्यसमा मलाई सिकाउने गुरु पेम्बा दोर्जे शेर्पा हुनुहुन्थ्यो।  मैले ट्रेनिंग सेन्टरमा गएर तालिम लिएको चाहि होइन तर ट्रेनिंग लिंदा फाइदा नै हुन्छ ।

कपन अनलाइन :आरोहण गर्दा के कस्ता अफ्ट्यारा चुनौती देख्नु भयो ?

कान्छी माया तामांङ : हिमाल चढ्न चुनौती त छदैछ यो स्वभाबिकै हो गाह्रो थियो हामि महिलाहरुले पनि गर्न सक्छौ चाहे भने गर्न सक्छ भन्ने लाग्छ मैले २०१७ मे २१ मा सगरमाथा चढ्न सफल भए बाटोमा धेरै अफ्ट्यारो भयो कति सम्म भने गिभअप गरौ भन्ने सोच सम्मआयो तर मैले एउटा सामाजिक संदेश लिएर गएको थिए महिला हरुको लागि गएको थिए। मैले जसरि पनि महिलाहरुको लागि भए पनि त्यो आरोहण सफल बनाउन पर्ने थियो।चुनौतीहरु अफ्ट्याराहरुलाई छिचोल्दै म सफल भए ।

कपन अनलाइन :   सगर माथा आरोहण गर्दा आर्थिक स्रोत कसरी जुटाउनु भयो ?

कान्छी माया तामांङ : सागरमाथ चढ्दा एक जना बराबर सिंगल मा जाने हो भने ३० देखि ३५ लाख आस पासमा खर्च हुन्छ र समुहमा गयो भने अलि सस्तो पर्न आउछ। म सिंगल गएको थिए र त्यो आरोहण गर्न फन्ड राइज गरे मा तामांग समुदायको पहिलो महिला भएको कारणले गर्दा भएर तामांग समुदाय देखि लिएर सबैको सहयोग पाए संघ सस्था देखि आफ्नो गाउँघरको आमा बुवा सबै बाट सहयोग बाट फन्ड जुटाए।

कपन अनलाइन : विभिन्न संचार माध्यममा आएको खबेर अनुसार सगरमाथा फोहोर भयो भन्छन तपाइँ त्यहा पुग्दा के देख्नु भयो बताईदिनुहोस न ?

कान्छीमाया तामांङ : बेस क्याम्पमा फोहोर थिएन किन भने बेसक्याम्पमा लेजर अफिसर फोहोर जम्मा गर्ने कमिटि त्यहा हुन्छ क्याम्प १ मा पनि खासै फोहोर देखिन तर क्याम २ देखि माथि तिर एकदमै फोहोरको थुप्रो रहेको छ ।क्याम्प चार मा फराकिलो चौर भएकोले आरोही हरुको समान फालिएकोले पनि त्यहा धेरै फोहोर भएको छ फोहोर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोहण दलका सदस्यले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा फोहोर बढेको छ

कपन अनलाइन : सागरमाथा आरोहण गर्ने क्रममा छ कस्ता दृश्य देख्नु भयो ?

कान्छी माया तामांङ : क्याम ४ बाट माथि जाँदा हामि राति गएका थियौ बाटोमा एउटा भारतीय को शब रहेछ त्यहि नाघेर हामि अघि बढ्नु पर्थ्यो। पहिला नै मेरो गाइडले त्यहा लाश छ नडराउ भन्नु भएको थियो हिमाल मा कस्तो हुन्छ भने त्यहा भनेको मरिन्छ की बाँचिन्छ थाहा हुदैन आफ्नो ज्यान लाइ माया मारेर गएको हुन्छ त्यै भएर खासै डर चाहि लाग्दो रहेनछ मैले त्यै लाश नाघेर अघि बढे।

कपन अनलाइन : सगरमाथा आरोहण गर्ने क्रममा कुनै अविस्मरणीय क्षण लाइ कसरी  सम्झनु हुन्छ ?

कान्छी माया तामांङ : सगरमाथा चढ्दा त को सबै क्षण अविस्मरणीय छन् तर पनि एउटा चाहि  जब हामि समिट को लागि म र मेरो गाइड गरेर दुइ जना गएको थियौ।

क्याम ४ बाट माथि जाँदा खेरि जति माथि गए त्यस्तै चुच्चो अब पुग्यो की भन्ने एउटा एक्ससाइट मेन्ट हुने त्यो चुच्चो चाहि पक्कै होला तर त्यहाँ पुग्दा फेरी अर्को चुच्चो देखिने फेरी त्यो चाहि पक्कै होला भन्यो त्यहा पुगेपछि अर्को चुच्चो देखिने त्यो एकदमै रमाइलो पनि थियो।

गार्हो पनि थियो अनि जब टपमा पुग्न लाग्यो टाढा बाट टप त्यो हो भनेपछी एउटा एकदम रुन मन लागेको थियो। खुसि मन बाट भरिएर आएको थियो सगरमाथाको चुचुरामा नेपालको झण्डा फहराउदाको क्षण अविस्मरणीय रह्यो टप मा पुगे पछि हामीले १५ मिनेट जति बितायौ  फोटो खिच्यौ।

कपन अनलाइन : समिटमा पुगे पछी त्यहा बाट देखिने दृश्य कस्तो रहेको थियो ?

कान्छी माया तामांङ : हामि त्यहा पुगे पछी एकदमै खुसि भएका थियौ त्यहा बाट देखिने दृश्य तल हेर्दा खेरि सबै हिमाल हरु होचो होचो देख्दोरहेछा बादल पनि तलतल देखिने।

कपन अनलाइन : जस्तै कोहि मानिसहरु  अझ खासगरी नेपाली महिला जो म संग पनि  सगरमाथा चड्ने इच्छा छ  भन्ने आम मनिस लाई के भन्नु हुन्छ ?

कान्छीमाया तामांङ :म खास गरेर यो पर्वतआरोहण क्षेत्रमा नेपाली महिला एकदमै कमि छ जो पनि  अझ जति जनाले चढ्नु भएको छ। उहाहरु बिदेश पलायन हुनुभएको छ उहाहरु विदेश जानुमा आफ्नै बाध्यता होला।

तर म के भन्छु भने हामि नेपाली महिलाहरु हरेक कुरामा सक्षम छौ पर्वत आरोहणमा नेपाली महिलाहरुको लागि  बाक्लो पहुंच बनाउनु पर्छ। जो इच्छुक छन् हामीले चाह्यौ भने केहि असम्भब छैन  हामि गर्न सक्छौ। हिम्मत हुनुपर्छ र अब आउने स्प्रिंग मा हामि ६ जना महिलाहरुको समूह बनाएर फेरी हिमाल चढ्न गैरहेको छौ ।

कपन अनलाइन : अब तपाइको भाबि लक्ष्य के रहेको छ ?

कान्छी माया तामांङ : मेरो  लक्ष्य भनेको विश्वमा ८ हाजर मिटरको हिमाल भनेको १४ वटा रहेको छ

मैले दुइ वटा चडी सके मैले २०१७ अक्टोबरमा  मकालु र २० मे २०१७ सगरमाथा चडी सके अब भनेको बाँकी रहेको ८ हजार मिटरका हिमाल चड्ने लक्ष्य राखेको छु र म भविष्यमा क्लैम्बिंगगाइड को रुपमा काम गर्न चाहन्छु।

कपन अनलाइन : अन्त्यमा पर्वतारोहणको सम्बन्धमा सरकारलाई के भन्न चाहनुहुन्छ ?

कान्छीमाया तामांङ :  पर्यटन ब्यबसाय चल्ने भनेको नै आरोहीहरुले हो नेपालमा राजस्व संकलनमा ठुलो हिस्सा ओगटेको छ आफ्नो ज्यानको बाजी राखेर आरोहीहरुले  क्लाइंटहरुलाई हिमालमा पुर्याउछन।

सरकारले पहिले प्रमाण पत्र दिन्थ्यो भने अहिले त्यो पनि दिदैन त्यो पनि बन्द गरेको छ सगरमाथा चढी सकेपछि जुन प्रमाण पत्र दिनुपर्ने हो। त्यो आहिले दिदैन त्यसैले सरकारलाई म के भन्न चाहन्छु भने हामीलाई प्रमाण पत्रको व्यवस्था होस् र यदि हिमालमा कोहि दुर्घटना हुन्छ भने उसको परिवार बाल बच्चाको संरक्षण होस।

शिक्षा  सुबिधाको व्यवस्था गरिदियोस महिलाहरुको लागि  नेपाली महिला हरुलाई पर्वतारोहणमा बाक्लो पाहुंच बनाउनको लागि कार्यक्रम नीति योजना बनोस ।

नेपाल सरकारले त्यसमा ठोस कदम चालोस रोयल्टीमा पनि छुट गरिदिएर हुन्छकी नेपालीको लागि नेपाल सरकारले सहयोग गरोस नेपाली पर्वतारोहीहरुलाई  सहयोग गरोस भन्न चाहन्छु ।

 

तपाइँको प्रतिक्रिया ।