सिंहदरबार परिसर बाट नै गाडीको टायर चोरी भयो

सिंहदरबार परिसर बाट नै गाडीको टायर चोरी भयो

कपन अनलाइन 

काठमाडौ,पौष २।

देशको सबै भन्दा सुरक्षित स्थान सिंह दरवार मानिन्छ जहाँ सबै सुरक्षा निकाय २४ घण्टा तैनाथ हुन्छन तर सोहि स्थान बाट सरकारी गाडीका चक्का चोरियो भन्दा धेरैलाई विस्वास नलाग्न सक्छ। तर यो घटना सत्य हो ।

सिंहदरबारबाट चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । साथै, टायर चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए ।

घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको छ ।

प्रहरीको  जानकारी अनुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको खुलेको छ ।फरार उनको खोजी भइरहेको छ ।चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

फोटो सौजन्य : मात्रिका पौडेल फेसबुक वाल

तपाइँको प्रतिक्रिया ।