भोलिबाट कपन गाविसको वडा नं. २ र ५ मा चेरीको बोट बाँडिने

भोलिबाट कपन गाविसको वडा नं. २ र ५ मा चेरीको बोट बाँडिने

N0700234 140कपन अनलाइनकपन गाविस र सि एफ आर डि पि भन्ने संस्था मिलेर कपन गाविसको वडा नं. २ र ५ मा लागु गरिन लागेको एक घर एक चेरी कार्यक्रम भोलिबाट लागु हुने भएको छ । गाविसको यी दुई वडाका करिब ४२५ घरले यो वर्ष निशुल्क चेरीको बिरुवा प्राप्त गर्नेछन् । बिरुवा बाँड्न सम्पूर्ण तयारी भइसकेको अवस्था असार २२ गते शनिवार एक औपचारिक कार्यक्रमका साथ यो कार्यक्रम लागु गरिन लागेको सेवा प्रदायक संस्था सि एफ आर डि पि का सागर बैजुले कपन अनलाइनलाई बताए । कपन गाविसका विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थितिमा यो कार्यक्रम सुभारम्भ हुने पनि बैजुले जनाए ।

 

16 40 56-000*40
कपन गाविसको इतिहासमा यो वर्ष वातावरणको क्षेत्रमा सबैभन्दा उल्लेखनीय काम हुन लागेको अवसरमा यी दुई वडामा एक घर एक चेरी कार्यक्रम लागु गरिएको हो । विश्वकै अति प्रख्यात फलफूल बालीको रुपमा लिइने चेरीलाई कपनमा लगाउने किसिमको वातावरण बनेकोमा वडा नं. २ र ५ का जनता पनि खुशी देखिन्छन् । वडा नागरिक मञ्चले यस कार्यक्रमका लागि विशेष खाले तयारी गरेको जानकारी दिइएको छ । भोलि विशेष कार्यक्रमका साथ आयोजना वितरण गरिन लागिएको चेरीका बिरुवा नेपालमा अमेरिकाबाट ल्याइएको हो ।

तपाइँको प्रतिक्रिया ।