भोलि धोवीखोला सरसफाई कार्यक्रम

भोलि धोवीखोला सरसफाई कार्यक्रम

Dhobi_Khola_river[1]कपन अनलाइनकपन गाविसअन्तर्गत बनेको वातावरण तथा फोहरमैला व्यवस्थापन समितिले कपन गाविस भएर बग्ने धोवीखोलालाई भोलि सफा गर्ने कार्यक्रम राखेको छ । कपन तथा यस गाविसको आसपासका अरु गाविस चुनिखेल तथा महांकालको सिमाना भएर बग्ने धोवीखोला यस क्षेत्रमा बस्ति विकाससँगै अत्यन्तै मानवसिर्जित फोहरबाट दुर्गन्धित भएको छ ।
भोलि बिहान ६ बजेबाट आयोजना गरिने यो सरसफाई कार्यक्रममा गाविस सचिव लोमस आचार्य, कपन क्षेत्रका राजनीतिक दलका अगुवाहरुका साथमा स्थानीय व्यक्तिहरुको व्यापक सहभागित रहने वातावरण तथा फोहरमैला व्यवस्थापन समितिका संयोजक अशोकराज पाण्डेले कपन अनलाइनलाई बताए । उनले कपन गाविसलाई खुला दिशामुक्त क्षेत्र बनाउने अभियानअन्र्गत यो धोवीखोला सरसफाइ कार्यक्रम पनि आयोजना गरिन लागेको बताउँदै सबै कपनवासीलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन्

तपाइँको प्रतिक्रिया ।