एक जातको रुखमा अर्को जातको फल फल्दैन :डा. राजन भट्टराई

एक जातको रुखमा अर्को जातको फल फल्दैन :डा. राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,मंगसिर १८।

बाम गठ बन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका उम्मेदवार डा . राजन भट्टराईले एक जातको  रुखमा अर्को  जातिको फल नफल्ने भन्दै आफ्ना प्रतिद्वन्दी प्रति कटाक्ष गरेका छन ।उनले जुन जातको रुख हो सोहि जातको फल फल्ने भन्दै नेपालका राजनीतिक दललाई रुखको विम्बमा प्रयोग गरेका थिए ।

कपन ह्यान्डबल चौरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्दै डा. भट्टराईले अवको समयमा नीतिले मात्र नेता बनाउने भन्दै नीति बाहेक कोहि नेता हुन् नसक्ने बताएका हुन्।उनले यस पटकको  निर्वाचन नेपालको इतिहास निर्माणको लागि भएकोले यस पटक नीति र पार्टी प्रधान हुने र व्यक्ति गौण हुने भन्दै बाम गठ गठबन्धनको पक्षमा मागेका थिए ।

डा. भट्टराईले आफ्नो सम्बोधनका क्रममा एक पटक जिते पछी ५ वर्ष सम्म नाक मुख नदेखिने सांसद आफु नबन्ने भन्दै यदि त्यसो भएमा अर्को पटक आफु जनताको घर दैलोमा नआउने उद्घोष गरेका थिए ।निर्वाचन अभियानका क्रममा आफु प्रति लगाइएका आरोप प्रति संकेत गर्दै उनले राजन भट्टराई कुनै व्यक्ति नभई काठमाडौं क्षेत्र नं ४ मा जनताले निर्वाचित गराएका हरेक जनप्रतिनिधिको समग्र रुप भएको बताएका थिए ।

उनले डा. राजन भट्टराई खोज्न कहि कतै जानु नपर्ने भन्दै यस क्षेत्रको सिरान तौलुंगमा सुरेन्द्र लामा र पुछारको नाग पोखरीमा भारतलाल श्रेष्ठको स्वरुपमा राजन भट्टराई सक्रिय रहेको बताएका थिए ।उनले आफुले निर्वाचित हुदा हरेक वडामा आफ्ना प्रतिनिधि मार्फत हरेक समस्याहरु   संग नियमित रुपमा  संचार गरिरहने भन्दै आफ्नो पक्षमा मत मागेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।