कलाकार रविन्द्र खड्काले केपी ओली र डा. राजन भट्टराईको प्रसंशा गरे

कलाकार रविन्द्र खड्काले केपी ओली र डा. राजन भट्टराईको प्रसंशा गरे

कपन अनलाइन

काठमाडौ,मंगसिर १८।

नेपालका बरिस्ट कलाकार रबिन्द्र खड्काले नेकपा एमालेका अध्यक्ष केपी ओली र बाम गठ बन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई को प्रसंशा गरेका छन ।कपन ह्यान्डबल चौरमा भएको बाम गठ बन्धनको चुनावी सभामा आफ्नो पार्टी राप्रपा त्याग गरेर नेकपा एमाले प्रवेस गरेका खड्का ले ओली नेपालका रास्ट्रवादी नेता भएको भन्दै प्रसंशा गरेका थिए ।

उनले सो अवसरमा डा. राजन भट्टराई देशलाई माया गर्ने सालिन र सरल जीवनशैली भएको युवा नेता रहेको भन्दै उनको यस क्षेत्रमा उम्मेदवारीले उत्साहित बनाएको बताएका थिए ।

खड्काले अवको रास्ट्र विकास को कार्यभार बाम गठबन्धनले मात्र गर्न सक्ने देखेर यो अभियानमा सामेल हुन् पार्टी प्रवेस गरेको बताएका थिए ।खड्का कलाकार हुनका साथै राप्रपा  का नेता पनि हुन् जो पुर्वराजाको  शाशन कालमा पनौती नगरपालिकाको मेयरमा मनोनित भएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।