क्षेत्रीय सभापति राजु श्रेष्ठले किन कृष्ण प्रसाद भट्टराई र मदन भण्डारी साम्झिए ?

कपन अनलाइन

काठमाडौ,मंगसिर १५।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले सात नेता कृष्ण प्रसाद भट्टराई र मदन भण्डारीलाई स्मरण गरेका छन। काठमाडौं खवर डट कमको एक कार्यक्रममा श्रेष्ठले यस  क्षेत्रको भूगोलमा भएको निर्वाचन शृंखला सम्झदै सो कुरा बताएका हुन् ।

आफ्नो भनाइ राख्ने क्रममा उनले यो क्षेत्र विशेष राजनीतिक घटनाक्रम संग जोडिएको भन्दै उनले २०४८ शालको निर्वाचनमा कृष्ण प्रसाद भट्टराई मदन भण्डारी संग पराजित भएको घटना सम्झनु पर्ने बताएका हुन।

सो निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई काठमाडौं क्षेत्र नं १ मा मदन भण्डारी संग पराजित भएका थिए ।२०५१ शालको मध्यावधि निर्वाचनमा सो क्षेत्रमा भट्टराई वर्तमान रास्ट्रपति विद्या देवी भण्डारी संग पुन पराजित भएका थिए ।

अन्तर्वार्तामा निकै दर्विलो र खुल्ला रुपमा प्रस्तुत भएका श्रेष्ठले आफ्नो पार्टीका उम्मेदवार बलिया र वर्तमान समयलाई आवस्यक भएको बताएका थिए । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट बुढानिलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार श्रेष्ठले सो चुनाव दौरान आफ्नो व्यक्तित्व क्षय गर्ने उदेस्यले आरोप लगाइएको भन्दै दुख पनि व्यक्त गरेका थिए ।उनले कसैलाई आरोप प्रत्यारोप नगरी मुद्दा र योजनाको बलमा स्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने आफ्नो राजनीतिक मान्यता रहेको बताएका थिए ।

दशकौ देखि यस क्षेत्रका विभिन्न संग संस्था ,संगठनमा आफु निरन्तर क्रियाशील रहेको भन्दै उनले बुढानिलकण्ठ नगरपालिका नमुना स्थान बन्ने सम्भावनाहरु पनि औलाएका थिए ।उनले यस क्षेत्रमा उत्कृस्ट बन्नका लागि चाहिने सबै कुरा भएको भन्दै आफ्ना केहि योजना पनि सुनाएका थिए ।

वर्तमान निर्वाचन केन्द्रित अर्को प्रश्नमा श्रेष्ठले हार र जीतको निर्णायक जनता हुने भन्दै यस क्षेत्रका जनता निकै सचेत ,जागरुक र चेतनशील रहेकाले ठोस परिणाम अहिले भन्न नसकिने बताए ।

भिडियोका लागि : कपन अनलाइन डट कम वा काठमाडौं खवर डट कमको फेसबुक पेज 

तपाइँको प्रतिक्रिया ।