यस्ता छन सानु श्रेष्ठका चुनावी मुद्दाहरु

यस्ता छन सानु श्रेष्ठका चुनावी मुद्दाहरु

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ४।

बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं २ प्रदेस क्षेत्र नं १ का उम्मेदवार सानु श्रेष्ठले देश र आफ्नो क्षेत्रमा तीव्र बिकासको आवश्यकता रहेको बताएका छन ।

बैंकको स्थायी जागिर छाडेर ०३५ सालदेखि विद्यार्थी राजनीतिमा लागेका श्रेष्ठ कुशल संगठक र निरन्तर क्रियाशील व्यक्ति हुन् ।काठमाडौं वडा नं ३२  कोटेश्वरका बासिन्दा श्रेष्ठ २०५४ शालमा काठमाडौं जिल्ला विकास समितिका सभापति रहिसेका व्यक्ति हुन् ।

उनले आफ्ना चुनावी मुद्दाहरुमा चरणमा एअरपोर्ट विस्तारका लागि अधिग्रहण भएका घर–जग्गाको मुआब्जा दिलाउन प्रयास गर्ने , तीनकुनेको जग्गाको विवाद सल्टाएर पार्क निर्माण गर्ने, मनोहरा जडीबुटीको टाउन प्लानिङ तथा करिडोरको विकास गरी सार्वजनिक जग्गाको व्यवस्थित गरेर पार्क निर्माण गर्ने आदिलाई समेटेका छन ।

राजनीति र दर्शनको गहिरो अध्ययन गरेका श्रेष्ठ नेकपा एमालेको काठमाडौं उपत्यका इन्चार्ज समेत हुन ।

तपाइँको प्रतिक्रिया ।