यस्ता छन लोकेस ढकालका चुनावी योजनाहरु

यस्ता छन लोकेस ढकालका चुनावी योजनाहरु

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ४।

नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं २ प्रदेस क्षेत्र १ मा उम्मेदवार बनेका लोकेस ढकाल नेपाली कांग्रेसका पुराना नेता हुन् । काठमाडौं महानगरपालिकाका वडा ९ र ३२  रहेको क्षेत्रमा उम्मेदवार बनेका ढकाल त्यस क्षेत्रको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन ।

२०३६ शालको विद्यार्थी आन्दोलन बाट नेपाली राजनीतिमा प्रवेस गरेका ढकाल ले आफ्नो क्षेत्रलाई साँच्चिकै महानगर बनाउने लक्ष्य राखेको बताएका छन ।

आफ्नो राजनीतिक यात्राको क्रममा क्षेत्रको नाङ्लेभारेदेखि कोटेश्वरसम्मकै सबै भूभाग घुमेको र बुझेको हुनाले यस क्षेत्रको समग्र विकास गर्न आफुले योजना बनाएको बताउने ढकाल समृद्ध मुलुक बनाउनु अबको आवश्यकता रहेको बताउछन ।आफ्नो क्षेत्रमा नमुना हुने किसिमका योजना अगाडी सार्ने ढकालको लक्ष्य रहेको छ।

तपाइँको प्रतिक्रिया ।