काठमाडौ -४ मा आत्तिएको कांग्रेस अल्मलिएको बाम गठबन्धन

काठमाडौ -४ मा आत्तिएको कांग्रेस अल्मलिएको बाम गठबन्धन

कपन अनलाइन 

काठमाडौ,कार्तिक ३०/विचार /पुन्यराज पुडासैनी

आगामी मंग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा केन्द्रित भएर अहिले हरेक राजनीतिक दल सक्रिय बनेका छन ।नेपालको राजनीतिक इतिहासमा निकै महत्वपूर्ण र विशेष रहेको यस निर्वाचनमा प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा १६५ र प्रदेस सभामा ३३० जना उम्मेदवार विजयी बन्नेछन। दशकौ देखि नेपालमा चलेको राजनीतिक क्रान्तिको अन्त्य र नया निर्माण र आर्थिक समृदि तर्फको प्रस्थान विन्दु रहेको यो निर्वाचन एकदमै महत्वपूर्ण रहेको छ ।

देशका १६५ प्रतिनिधि सभा क्षेत्र मध्ये काठमाडौं क्षेत्र नं ४ विगतमा झै यस पटक पनि निकै चर्चामा रहेको छ ।यहाँको चर्चा कुनै विशेष सुखद वा दुखद घटनाले नभई यहाँ उम्मेदवार बनेका नेपाली राजनीतिमा संभावना बोकेका दुई युवा उम्मेदवारहरुको कारणले भएको हो ।

वाम गठवन्धन बनि सके पछी यस क्षेत्रमा अहिले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई र नेपाली कांग्रेसका युवा नेता गागन थापा विच प्रतिस्पर्धा हुनेछ ।दुवै उम्मेदवार अहिले आफ्नो निर्वाचन अभियानमा निकै मेहनत गरेर लागेका छन । उनीहरु आफ्ना सम्बोधनमा आफुले  जित्ने गरि मत प्राप्त गर्ने बताइरहेका छन । निर्वाचनमा हरेक उम्मेदवारले जीत को दावी गर्नु अन्यन्त स्वाभाविक हो र यस क्षेत्रमा पनि दुवै उम्मेदवारले गरेको दावीलाई अन्यथा लिन सकिदैन ।

यहाँ उम्मेदवारको अभियान र सक्रियता भन्दा पनि यस क्षेत्रका दुई मुख्य प्रतिस्पर्धी पार्टी विच रहेको प्रतिस्पर्धा र यहाँ देखिएका केहि राजनीतिक प्रवृति र लक्षणहरुको वारेमा चर्चा गरिएको छ । यस विचार मुलक लेखको शीर्षकले भने झैँ यस क्षेत्रमा अहिले नेपाली कांग्रेस आत्तिएको अवस्थामा रहेको छ भने बाम गठवन्धन अल्मलिएको अवस्थामा रहेको महसुस गर्न सकिन्छ ।

नेपाली कांग्रेसले २०७० शालको निर्वाचनमा यस क्षेत्रमा करिव १३ हजार मत अन्तरले जितेको थियो तर त्यो संख्या र प्रभावलाई मात दिदै भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले करिव ८३% स्थानमा विजयी प्राप्त गरे जुन नेपाली कांग्रेसको लागि अपेक्षित थिएन । नेपाली कांग्रेस यो अनपेक्षित परिणामले गर्दा अहिले निकै सचेत बनेको र यसलाई मुकाविला गर्ने रणनीतिमा देखिन्छ । यसको पुस्टि नेपाली कांग्रेसले अहिले संचालन गरेको आक्रामक चुनावी प्रचार प्रसार पनि अवस्य नै गर्दछ ।अहिले जनता संग प्रत्यक्ष जोडिने जनप्रतिनिधि एमालेको पक्षमा बढी भए पछी नेपाली कांग्रेस अफ्ट्यारोमा परेको छ ।यस क्षेत्रका १० वडा मध्ये ८ वडामा नेकपा एमालेका जनप्रतिनिधि निर्वाचित बनेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका जनप्रतिनिधि रहेका छन ।यो परिणामले अहिले कांग्रेस आत्तिएको जस्तो देखिन्छ।

यस क्षेत्रमा फराकिलो अन्तरले जित्ने आंकलन गरेको नेपाली कांग्रेसलाई वाम गठवन्धन बनि सकेपछी केहि असजिलो र अफ्ट्यारो पारेको देखिन्छ । यस क्षेत्रमा २०७० शालको निर्वाचनमा  वर्तमान उपरास्ट्रपति नन्द बहादुर पुन ,गगन थापा र निर्मल कुइकेल  उम्मेदवर बनेका थिए । अहिले वाम गठवन्धन घोषणा पछी नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरु नेकपा एमालेका उम्मेदवार विजयी गराउन निकै सक्रिय बनेका छन जुन नेपाली कांग्रेसले अनुमान गरे भन्दा फरक दृश्य बन्यो ।यसले पनि नेपाली कांग्रेसलाई डर सृजना गरेको अनुभूति गर्न सकिन्छ ।त्यसैले विगत निर्वाचनमा आफ्नो आवाज र व्यक्तित्वको बलमा निर्वाचन लडेका गगन थापाले अहिले प्रचार सामग्री र प्रतिवदत्ता पत्र सहित मैदानमा उत्रिनु परेको अवस्था रहेको छ ।

अर्को तर्फ नेपाली कांग्रेसले त्यति अनुमान नगरेका डा. राजन भट्टराई उम्मेदवार बने पछी पनि नेपाली कांग्रेस अलि गहिरो किसिमले तयारी गर्नुपर्ने अवस्थामा पुगेको हो ।धेरैको अनुमान भट्टराई कुनै अर्कै रुपले राजकीय स्थानमा प्रतिनिधित्व गर्ने छन भन्ने थियो तर उनले यो क्षेत्र रोजे पछी नेपालका १६५ क्षेत्र मध्ये कांग्रेसले सुरक्षित मानेको यस क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवार एक अर्कालाई निकै सम्मान देखाएका छन जसले गर्दा यहाँ मित्रवत प्रतिस्पर्धा हुने छ भन्नेमा विस्वस्त बन्न सकिने अवस्था रहेको छ ।

अर्को तर्फ बाम गठवन्धनमा अहिले निकै अन्यौलता छाएको देखिन्छ । यहाँ निर्वाचनको मुखमा नया संरचना बन्दा निकै कठिनाइ र असामन्जस्यता देखिएको छ । यसको उदाहरणको रुपमा विभिन्न स्थानमा एउटा कमिटीमा २ जना संयोजक रहेकोले पनि प्रस्ट पार्दछ । बाम गठवन्धन भित्र कार्य विभाजनको निकै सकस र अन्यौल रहेको आम रुपमा अनुभूति गर्न सकिन्छ ।अगिल्लो निर्वाचनमा नेकपा एमाले र नेकाप माओवादी केन्द्रले प्राप्त गरे भन्दा करिव ६ हजार मत बढी भएको नेपाली कांग्रेस संग प्रतिस्पर्धा गर्ने रणनीति निर्माण गर्ने सवालमा पनि गठवन्धनमा अहिले अन्यौलता देखिएको छ ।

त्यस्तै प्रत्यक्ष तर्फ सम्पूर्ण उम्मेदवार एमालेका भए पनि समानुपातिक तर्फ यहाँ दुवै पार्टीका उम्मेदवार रहेका छन जसले गर्दा घर दैलो वा अन्य अभियानमा मत माग्ने शिलशिलामा पनि गठवन्धनमा निकै अलमल रहेको देखिन्छ ।प्रत्यक्ष मा एउटा पार्टीलाई मत मागेर समानुपातिक तर्फ अर्को लाई माग्ने अवस्था पनि वाम गठवन्धन क्षेत्र नं ४ मा देखिदैन  किनकी यहाँ समानुपातिक तर्फ दुवै पार्टीका उम्मेदवार रहेका छन ।

अर्को निकै जटिल समस्या बाम गठवन्धनमा घर दैलोमा रहेको जुलुस व्यवस्थापन ,सामग्री व्यवस्थापन र नारा सम्ममा देखिएको छ । बाम गठवन्धनको घर दैलोमा कुन पार्टीको नारा लाउने ,गीत बजाउने ,झन्डा बोक्ने भन्ने अन्यौल र असमन्जस्यता मात्र नभई सम्बोधनर नेतृत्व गर्ने सवालमा पनि अन्यौलता देखिएको छ । संयुक्त एक निर्वाचन परिचालन कमिटि बनाएता पनि समानुपातिक उम्मेदवार लाई मत माग्न र आन्तरिक परिचालनका लागि पनि दुवै दल सामुहिक र बेग्ला बेग्लै भेला बैठक गर्न बाध्य बनेका छन ।

यसका साथै सम्भवत नेपाली कांग्रेसका बलिया मध्ये मानिएका उम्मेदवार संग प्रतिस्पर्धा गर्नका लागि बनाउनु पर्ने विशेष योजना निर्माणमा पनि बाम गठवन्धन अल्मलिएको छ त्यसैको कारणले पनि चुस्त रहेको पुरै संगठन परिचालित बन्न सकेको देखिदैन । साथै यहाँ दुवै पार्टीमा रहेका केहि नेता कार्यकर्ता व्यवस्थापनमा पनि समस्या आएको अनुभूति उनीहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले गर्न सकिन्छ ।

नेपालको निर्वाचनको इतिहासमा लगातार दुई पटक सर्वाधिक चर्चामा रहेको यस निर्वाचन क्षेत्र नं ४ मा कुन उम्मेदवारको पल्ला भारी हुन्छ त्यो अहिलेको प्रारम्भिक चरणमा अनुमान गर्न सकिने अवस्था छैन । तर पनि पहिलेको निर्वाचनमा झैँ निकै फराकिलो अन्तर यस पटक नहुने देखिन्छ भने यहाँ हार जीतको निर्धारण युवा र तथस्ट रहेको मतले निर्धारण गर्नेछ ।त्यसमा पनि टिकट प्रकरणमा निरास बनेको कपन क्षेत्रको मतले निर्वाचन परिणाममा निकै ठुलो असर पार्ने देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।