ललितपुरमा प्रहरी माथि आक्रमण

ललितपुरमा प्रहरी माथि आक्रमण

कपन अनलाइन 

काठमाडौ,कार्तिक ३०।

पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात भएको छ।

हातपातमा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका-८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले बा.२ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेका थिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।