बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ तिज नृत्य प्रतियोगिताको तयारी पुरा,४६ विद्यालय सहभागी

बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ तिज नृत्य प्रतियोगिताको तयारी पुरा,४६ विद्यालय सहभागी

कपन अनलाइन

काठमाडौँ, भाद्र १ ।

बुढानिलकण्ठ शैक्षिक मंचको छैटौ तिज नृत्य प्रतियोगिताको तयारी पुरा भएको छ। बुढानिलकण्ठ नगरपालिकाका ४६ वटा विद्यालयहरुको सहभागिता रहने उक्त प्रतियोगिता रास्ट्रीय नाच घरमा हुनेछ।

भाद्र २ गते हुने सो प्रतियोगितामा सहभागी विद्यालय तथा विद्यार्थीहरुको टाई सिट निकाल्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले दिएका छन।

बुढानिलकण्ठ नगरपालिकामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरुको संयुक्त संस्था का रुपमा रहेको शैक्षीक मंचले विभिन्न रचनात्मक कार्यक्रम र गतिविधिहरु गर्दै आएको छ ।

कुन कुन विद्यालय सहभागी रहेका छन ?

तपाइँको प्रतिक्रिया ।