गौशाला-रातोपुल भूमिगत मार्ग र तिलगंगा सुरुंग मार्ग निर्माण हाम्रो मुख्य योजना हुनेछ : निर्मल कुइकेल

गौशाला-रातोपुल भूमिगत मार्ग र तिलगंगा सुरुंग मार्ग निर्माण हाम्रो मुख्य योजना हुनेछ : निर्मल कुइकेल

कपन अनलाइन 

काठमाडौ,कार्तिक २०।

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार निर्मल कुइकेल संग उनका चुनावी मुद्दा र योजनाहरुको वारेमा कपन अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश  बाट उम्मेदवार हुनु हुन्छ यसको पछाडीका  कारण र आधार केके हुन् ?

निर्मल कुइकेल :म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता र राष्ट्रको हितमा कृयाशीलमै रहेको छु । कामपा र वडामा जन्मिए यो क्षेत्र मेरो जन्मभुमि अनि कर्म भुमि पनि हो।

मैले वडा, क्षेत्र अनि जिल्ला हुदै यस क्षेत्र र जिल्लाको सक्दो बिकाशका निम्ति राजनीतिक विचार र दलगत स्वार्थ भन्दा माथि उठेर काम गरेको कुरा यस जिल्लाका राजनीतिक दलहरुलाई राम्ररी थाहा छ । त्येसैले मैले यस प्रदेश क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरेको छु ।

कपन अनलाइन : यस प्रदेश क्षेत्रमा तपाईका योजनाहरु के के रहेका छन ?

निर्मल कुइकेल :हामीले राजनीति गर्ने केवन राजनीतिका लागि मात्र होइन । सिद्धान्त राजनीति समग्रमा जीवनका लागि हो । सभ्य,सुस्सकृत, बिकसित समाज निर्माणका लागि विचार र राजनीति परिलक्षित हुनुपर्दछ । मानव जीवन समृद्ध र शुभमय बनाउन राजनीति गर्ने हो ।

त्येसैले मैले समग्र राजनीतिलाई सभ्य र सालिनता पुर्वक आफ्नो ठाउँबाट प्रयत्न  गर्नेछु । यसका अतिरिक्त हाम्रो मूल योजना यस प्रदेशको बिकाशमा केन्द्रीत् हुनु पर्दछ । अहिले यस प्रदेश क्षेत्रमा अब्यवस्थित बाटा घाटाहरु, ट्राफिक जाम,वायु प्रदुषण, पुरातात्विक धार्मिक सम्पदाहरु संरक्ष्ण नहुनु,खानेपानीको अभाव,ब्यवस्थित पार्कहरुको ब्यवस्थापन हुन् सकेको छैन। यी लगायत युवाहरुलाई रोजगारीको अभाव छ जुन समाधानका कार्यहरु भैरहेका छैनन । यी र यस्ता धेरै कामहरुलाई क्रमिक रुपमा पुरा गर्दै जानु पर्दछ ।

काठमाडौं जिल्ला भित्रकै बढी ट्राफिक जाम हुने क्षेत्र सिनामंगल,गौशाला,जयबगेश्वरि हुदै चाहबील चुचेपाटि अनि गोपीकृष्ण पुल निस्कने बाटो पर्दछ । यसलाई हामी योजना वद्ध कार्य द्वारा  अन्त्य गर्न चाहन्छौं,तिलगंगा ताम्रगंगा शुरुंग मार्ग हामीले नै अगाडी बढाएका थियौ ।

यो शुरु गरिनेछ तिलगंगाबाट रातोपुल जानेबाटोलाई भूमिगत मार्गको रुपमा बनाउने योजना छ । यसको प्राबिधिक अध्ययन थाल्नेछौ । त्यसरी नै पैदल मार्गीलाई बाटो काट्न ज्यादै असुविधा छ । गौशाला, जयबगेश्वरी, मित्रपार्क र चाबहिल चुचेपाटीमा आकाशेपुलको व्यवस्थापन गरिनेछ ।यो मेरो आगामी कार्यकालको प्राथमिकतामा रहने छ।

बिश्वकै केन्द्र बिन्दु बिश्व सम्पदा सुचिमा सुचिकृत पशुपति क्षेत्र,चन्द्रबिनायक गणेश ,चारुमती बिहार,घन्दो चैत्य,गुहेश्वरी मन्दिर,नक्साल भगवती मन्दिर, भैतिदेवी मन्दिर जस्ता ऐतिहासिक पुरातात्विक जीवन्त सस्कृतिका घेराहरु हाम्रै क्षेत्रमा पर्दछ।

यो हाम्रो सम्पति हो यसको संरक्षण,योजना वृद्ध बिकाशले यस क्षेत्रका जनताको जीवन स्तर माथि उठाउन भूमिका खेल्नु पर्दछ । हाम्रो राजनीति यताको र केन्द्रित हुनु पर्दछ भने मान्यता राख्दछु । र यसको योजना म संग छ ।

कपन अनलाइन : तपाइले चुनाव जित्ने आधारहरु के के हुन् ??

निर्मल कुइकेल : नजित्ने आधार के छ? मैले त देखेको छैन । एकातिर हामी राजनीतिक स्थिरताका लागि वाम तालमेलका साथै अगाडी बढेका छौ भने अर्को तिर म केवल वाम गठबन्धनको मात्र उम्मेदवार होइन यस क्षेत्रक सम्पूर्ण जनसमुदायहरुलाई थाहा छ मैले हिजो पंचायत बिरुद्ध र र ०६२/६३ मा गणतन्त्रका लागि लडेको यस क्षेत्रमा भए गरेका जनबिरोधि कार्यको बिरुद्ध लडेको छु । त्यसैले मेरा उम्मेदवारी यस क्षेत्रका न्याय प्रेमी,बिकाश प्रेमी र समृद्ध राष्ट्र निर्माण गर्न चाहने जनताहरुले विजयी बनाउनेमा म ढुक्क छु ।

 

तपाइँको प्रतिक्रिया ।