बामदेव गौतमको राजनीतिक यात्रा : वालक कम्युनिस्ट सदस्य देखि वाम एकताको सुत्रधार सम्म
कपन अनलाइन
काठमाडौ,कार्तिक ८ ।
२००५ असार २६ गते प्यूठानको दाखाक्वाडीमा जन्मिएका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले अगामी २०७४ मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत बर्दिया जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका छन । उनले विभिन्न जिल्लाबाट आफूलाई उम्मेदवारी दिन अनुरोध गरिए पनि अन्ततः बर्दिया जिल्लाबाटै निर्वाचनमा सहभागी हुने निर्णय लिएका छन ।
वामदेव गौतम २०४८, २०५१, २०५६, २०६४ र २०७० का संसदीय निर्वाचन (दुवै संविधानसभासहित) का निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्दै आएका छन।
संविधानसभा निर्वाचनमा उहाँ प्यूठान क्षेत्र नं. १ बाट पनि उठी भारी मतले विजय हासिल गरेका थिए । तर यसपटक बाम तालमेलअन्तर्गत प्यूठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेवारी तालमेलको साझेदारी दललाई दिनुपर्ने स्थितिका कारण उनले पुनः बर्दियाबाटै चुनावमा भाग लिने निर्णय गरेका छन ।
मूर्धन्य कम्युनिष्ट नेता मोहनविक्रम सिंह विविध गतिविधिका साथ कम्युनिष्ट विचार र आचरणको प्रबद्र्धनमा तल्लिन हुनुहुन्थ्यो । सोहि वेला वामदेव गौतममा पारिवारिक विरासतले भन्दा समाजको अर्कोखाले गतिविधिले आकर्षित गर्यो त्यो थियो , विद्रोहचेतको ।
यसप्रकार वाल्यकालमै मोहनविक्रम मार्फत बालक कम्युनिष्ट पार्टीको सम्पर्कमा गएका गौतम मोहनविक्रमद्वारा सञ्चालित शिविर र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा त्यसबाट प्रभावित भई उनि वाग्दुलाका जुलुसहरुमा पनि सामेल हुनुभयो ।
३० को दशकमा भैरहवाबाट वास्तविक पार्टी जीवन शुरु भएपछि मोदनाथ प्रश्रितले उनले पार्टी सेलमा आबद्ध गराए । प्रश्रित पार्टी सेलको सचिव थिए त्यहा जनताबीच जानका लागि उहाँले पहिलो पार्टी सेल रुपमा कृषि फार्ममा निर्माण भयो । गौतमको क्रियाशीलताबाट प्रभावित भएर मोदनाथले उनलाई पार्टी एरिया कमिटीमा बढुवा गरे । त्यसबेलाका एरिया कमिटी सचिव सीताराम किसान थिए जो क.मोदनाथ पक्राउ लगत्तै पलायन भए र वामदेव एरिया कमिटीको सचिव बने ।
त्यसपछि मात्र उनले भूमिगत भई पूर्णकालीन पार्टी सदस्य हुनका लागि पार्टीमा निवेदन दिए पश्चात पार्टीकै स्वीकृतिअनुसार उनले पाल्पाबाट पूर्णकालीन पार्टी जीवनको शुरुवात गरेका थिए ।
पार्टी भूमिगत रहँदासम्म विविध भूगोलमा रहेर काम गर्दैै आएका उनलाई ०४६ को परिवर्तनपछि पार्टीले बर्दिया जिल्ला कार्यक्षेत्र दिइयो । पार्टी केन्द्रीय कमिटीको विभिन्न भूमिकामा रहँदै उहाँले त्यहाँको कम्युनिष्ट आन्दोलनको निरन्तर नेतृत्व गर्दै आएका गौतमले २०५० सालमा जननेता क. मदन भण्डारी र क. जीवराज आश्रितको हत्यापछि पार्टी संगठन विभाग प्रमुख
जिम्मेवारी सम्हालेका थिए ।
२०५१ सालको मध्यवधी निर्वाचनमा पार्टीले बहुमत ल्याएपछि अध्यक्षमनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो ।तत्कालिन पार्टी महासचिव पनि सरकारको उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारीमा गएको स्थितिमा पार्टीले उनलाई उपमहासचिवको जिम्मेवारी दिइएको थियो ।
२०५३ सालमा नेकपा (एमाले) को समर्थनमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार र २०६४ सालमा नेकपा (एमाले) कै समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गौतमले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।त्यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेससँग भएको सत्ता सहकार्यमा उनले तेस्रो पटक उपप्रधान तथा गृहमन्त्रालय सम्हालेका थिए।
सशस्त्र द्वन्द्वकालीन समयदेखि नै माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा उनले माओवादी नेतृत्वसँग अनेकन माध्यम र शैलीमा संवाद गर्ने क्रमलाई निरन्तरता दिदै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने पृष्ठभूमि निर्माण गर्नेदेखि शान्तिप्रक्रियामा आइसकेपछि सहज रुपमा पार्टी गतिविधिमा लाग्ने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।अहिले निर्माण भएको वाम तालमेल र क्रमशः पार्टी एकीकरणको मूल अभियानकर्ता गौतमनै रहेका छन ।
गौतमले सैदान्तिक रुपमा संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रमशः समाजवादी राज्यव्यवस्था, समाजवादी अर्थतन्त्र निर्माण गर्ने कम्युनिष्ट पार्टीको मूल कार्यदिशालाई वैचारिकर सांगठानिक रुपमा आफ्नो स्थान बाट नेतृत्व प्रदान गर्दै आएका छन ।
बृहत बाम एकताबाट मुलुकका शान्ति, समृद्धि, सद्भावपूर्ण राष्ट्रिय एकताको विकाससँगै तीव्रतम् आर्थिक विकासको लक्ष्य हासिल गर्ने राजनीतिक लक्ष्य लिएका गौतमले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका छन ।
गौतमको पहलबाट बर्दियाका लागि योजना स्वीकृत भई कार्यान्वयनमा गएका योजनाहरु
१. मदन आश्रित प्रतिष्ठान निर्माण १० लाख
२. राजापुर १ मा महिला सामुदायिक भवन निर्माण ८ लाख
३. रंगीपुर–झवेलीपुर सडक ग्राभेल ५ लाख
४. बाह्रबर्दिया स्वावलम्बन मर्मत २ लाख
५. बाह्रबर्दिया– ६, जनजागृति प्रावि भवन निर्माण ५ लाख
६. गुलरिया नपा– २ स्वास्थ्य चौकी क्लिनिक भवन निर्माण ५ लाख
७. गुलरिया नपा– ३ भरिया जाने सडक ग्राभेल १० लाख
८. सदाशिव गुमस्ता टोल तप्तनारायणी चौधरीको घरदेखि बसन्ती काफ्लेको घरसम्म जाने सडक ५ लाख
निर्वाचन क्षेत्र विकास कोष भित्रका योजनाहरु
१. गुलरिया नपा. १०, बागि पर्सियादेखि रामनगरको उत्तर नाली निर्माण १२ लाख
२. गुलरिया नपा, छपुवा जाने बाटो ग्राभेल १० लाख
३. गुलरिया नपा ३ गणपति पेट्रोल पम्पदेखि केडिपुरसम्म जाने ग्राभेल सडक निर्माण १० लाख
४. गुलरिया १२, टडुवा जाने सडक ग्राभेल १० लाख
५. गुलरिया नपा. १ जगमोहन सडकदेखि त्रिशक्ति विद्यालय जाने सडक ग्राभेल १० लाख
६. बाह्रबर्दिया– ८ जनज्योति माविमा १० लाख
७. गुलरिया अस्पताल मर्मतका लागि ४० लाख
प्यूठानी जनतालाई बामदेव गौतमको प्रतिवाद्त्ता र सन्देस
मलाई बर्दिया र प्यूठानका जनताले धेरै माया गर्नुहुन्छ । म प्यूठानमा जन्मिएर हुर्किएको हुँ । राजनीतिक कार्यक्षेत्र बर्दिया हो । मैले धेरै माया गर्दागर्दै र छोड्न नचाहँदाचाहँदै पनि यसपालिको संवैधानिक व्यवस्थाले गर्दा म बर्दिया जानुपर्यो ।
प्यूठानी जनतासितको मेरो माया, लगाव यथावत रहने छ । मैले प्यूठानका निम्ति जे जिम्मेवारी पूरा गर्छु भनेको थिएँ, त्यो पूरा गरेरै छाड्छु । बर्दियामा म केवल निर्वाचनमा उठ्नका निम्ति मात्र होइन, बर्दियाको विकासका निम्ति, त्यहाँका जनताको स्वाभिमान उठाउनका निम्ति, नेपाल–भारत सिमानामा विकसित जनताको इच्छा पूरा गर्न म फेरि बर्दियालाई आफ्नो कार्यथलो बनाउन फर्किंदैछु ।